काठमाडौं, १ माघ । नेपाल र कोरिया बीचको साँस्कृतिक अदानप्रदान गर्ने उदेश्यले आयोजना गरिएको एकिकृत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
राजधनीको पायोनियर स्कुल र कोरियाको ग्यानुङ्ग युनिभर्सिटी दक्षिण कोरियाको संयुक्त सझेदारीमा सांस्कृतिक कार्यक्रम गरिएको हो । पा“च दिन सम्म सञ्चालित कार्यक्रममा नेपाल र कोरियाको संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रमले दुई देशबीच कला संस्कृति आदानप्रदान गर्ने र दुई देशको भाषा तथा भेषभुषाबारे जानकारी गराउने उदेश्यले कार्यक्रम अयोजन गरिएको पायोनियर स्कुलका प्रधानाध्यापक राजन श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमबाट दुई देशबीचको संस्कार र संस्कृतिका साथै शिक्षा क्षेत्रमा पनि महत्वपुर्ण योगदान पुग्ने श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमका सरसफाई सम्बन्धि विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्