ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीपछि सुरुङदेखि सडकसम्म उद्धार र पुनर्निर्माण तीव्र


ABC NEWS
२२ भदौ २०८३, सोमबार   ६ : ४५   बजे

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलाई तीव्रता दिइएको छ। बाढी र पहिरोले सडक, पुल तथा बस्तीमा क्षति पुर्‍याउनुका साथै विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र पावरहाउसमा समेत ठूलो क्षति पुर्‍याएपछि नेपाली सेनाको नेतृत्वमा उद्धार अभियान विस्तार गरिएको हो।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार हालसम्म हवाई साधनमार्फत २७७ विदेशी नागरिकसहित ३ हजार ९७५ जनाको उद्धार गरिएको छ।

जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजीलाई अहिले उद्धार अभियानको महत्वपूर्ण प्राथमिकता बनाइएको सेनाले जनाएको छ। पहुँच कठिन भए पनि सम्भावित जीवित व्यक्तिको खोजीका लागि विभिन्न प्रविधि र उपकरण प्रयोग भइरहेको छ।

जलविद्युत् आयोजनाका सुरुङमा खोजी

रसुवागढी जलविद्युत् आयोजनामा क्विक रियाक्सन टिम तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजीमा जुटेको छ। बाढीले थुपारेको लेदो र भग्नावशेषका कारण सुरुङभित्र प्रवेश र खोजी चुनौतीपूर्ण बनेको छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावरहाउस तथा सुरुङमा उद्धार उपकरणसहित सैनिक टोली परिचालित छ। सुरुङभित्रको जोखिम मूल्याङ्कन गर्दै सम्भावित व्यक्तिको खोजी भइरहेको छ। सेनाका अनुसार त्यहाँबाट हालसम्म आठ शव निकालिएको छ।

त्रिशूली–३ ‘बी’ आयोजनामा अडिट–२ बाट प्रवेश गरेको सैनिक टोली अडिट–१ बाट बाहिर निस्किएको छ। अडिट–२ बाट एक्स्काभेटर लैजान सकिने गरी बाटो सफा गर्ने काम भइरहेको छ। हालसम्म कुनै व्यक्ति फेला नपरे पनि भग्नावशेष र लेदो हटाएर थप खोजी गर्ने तयारी छ।

चिलिमे जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले मिनी एक्साभेटर र मडपम्प प्रयोग गरेर सुरुङभित्र जमेको लेदो हटाइरहेको छ। उद्धार टोली पावरहाउसबाट करिब ५० देखि ६० मिटर नजिक पुगेको सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली–१ आयोजनामा थर्मल क्यामेराको प्रयोग गरी सुरुङभित्र थप खोजी भइरहेको छ। मानवीय पहुँच कठिन क्षेत्रमा प्रविधिको सहायताबाट सम्भावित जीवनको सङ्केत पत्ता लगाउने प्रयास भइरहेको छ।

देवीघाटमा पुल निर्माण तीव्र

उद्धारसँगै प्रभावित क्षेत्रमा यातायात तथा राहत सामग्री ढुवानी सहज बनाउन पूर्वाधार पुनर्स्थापनालाई पनि तीव्रता दिइएको छ।

नुवाकोटको विदुर–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको ५५ सदस्यीय इन्जिनियरिङ टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन भारवहन क्षमताको एक्रो ब्रिज निर्माण गरिरहेको छ।

पुल सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रमा राहत सामग्री, उद्धार उपकरण तथा अन्य अत्यावश्यक सामग्री पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।

नौ हजारभन्दा बढी सैनिक परिचालन

भोटेकोशी बाढी प्रभावित रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्म नेपाली सेनाका ९ हजार ३०० भन्दा बढी सैनिक परिचालित छन्।

उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म सैनिक टोलीले पैदल गस्तीसमेत सुरु गरेको छ। जोखिमयुक्त र पहुँच कठिन क्षेत्रमा पैदलै पुगेर सम्भावित पीडितको खोजी, अवस्थाको मूल्याङ्कन तथा आवश्यक उद्धार र राहतको काम भइरहेको सेनाले जनाएको छ।

सेनाका अनुसार उद्धार अभियान अब नदी र बस्तीमा मात्र सीमित छैन। जलविद्युत् आयोजनाका सुरुङदेखि पावरहाउस, पहिरोले ढाकिएका क्षेत्र, सडक र पुलसम्म खोज तथा उद्धार विस्तार गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितका लागि राखिएका राहत सामग्रीमै म्याद गुज्रिएका खाद्यवस्तु

रसुवा भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक

सम्बन्धित

बाढीले मनासलु पदमार्गमा क्षति, आरोहण र पदयात्रा प्रभावित

बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास जाने सयौँ पर्यटक अलपत्र

३२ वर्षमा भक्तपुर घुमे ५२ लाख विदेशी, पर्यटन शुल्कले बदलिँदैछ सम्पदाको सहर

अर्जुनडाँडा

चीनको गिरोङमा बाढी–पहिरोमा ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

आकाशमा उड्ने आशा : भोटेकोसीको उद्धारमा क्याप्टेन प्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu