ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तौल बढ्ने चिन्ता लाग्दा पनि राम्रोसंग खान मिल्ने १० खानेकुरा


एबीसी / संवाददाता
३ जेष्ठ २०७९, मंगलबार   ८ : २६   बजे

काठमान्डौ जेठ ३

कसै कसैलाई अलिकति बढि मासु, चिल्लो अनि गुलियो खानेकुरा खानेबित्तीकै तौल बढ्ने समस्याले सताइरहेको हुन्छ भने कसै(कसैलाई जति खाएपनि जस्ताको तस्तै हुने हुन्छ। यो सबै मानिसको शरीरअनुसार भर पर्ने कुरा हो।

कसैको शरीरले खानेकुराको क्यालोरीलाई सजिलै पचाउन सक्छ र तौल बढ्ने डर हुँदैन, तर कसैको शरीरमा क्यालोरीलाई पचाउन सक्ने क्षमता कमजोर हुन्छ, त्यसैले नै छिट्टै तौल बढ्ने समस्या हुन्छ।

एक साधारण पुरुषलाई दैनिक २६४० क्यालोरी र महिलालाई दैनिक १७८५ क्यालोरीको आवश्यकता पर्दछ। प्रति ८५ ग्राम मासुमा २१३ क्यालोरी हुन्छ, जसमा बोसो र चिल्लो पदार्थको मात्रा पनि उत्तिकै हुन्छ। अनि जसको शरीरले क्यालोरीलाई सजिलै पचाउन सक्दैन, उसले एक दिनमा मासु लगायत अन्य गुलियो खानेकुराको सेवन गर्दा मोटोपना बढ्नु स्वाभाविक नै हुन्छ।

तथापी, क्यालोरीको मात्रा कम भएका अनि प्रोटिनको पनि पर्याप्त मात्रा भएका अन्य खानेकुराहरू पनि छन्, जसलाई जति खाँदा पनि मोटोपनाको डर मान्नुपर्दैन। यदि तपाईँलाई धेरै खान मन लाग्छ, तर मोटाउने डर लाग्छ भने कम क्यालोरी भएको खानेकुरा खानु उचित हुन्छ। त्यसैले निम्न १० खानेकुराहरू मन लागेजति ढुक्क भएर खानुहोस्

१। काउली
प्रति ५८८ ग्राम काउलीमा १४६ क्यालोरी, २९ ग्राम कार्बोहाइड्रेट अनि ११ ग्राम प्रोटिन पाइन्छ। साथै यो भिटामिन सी, बी(६ अनि फलामको पनि राम्रो स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई समेत मजबुत बनाइराख्दछ। सन्तुलित भोजनमा काउली मिसाउनाले क्यान्सरको खतराबाट पनि राहत पाउन सकिन्छ, साथै मोटोपनाको समस्याबाट पनि गुज्रिनु पर्दैन।

२। बन्दा
प्रति १०० ग्राम बन्दामा २४ क्यालोरी, ५।२ ग्राम कार्बोहाइड्रेट अनि १।२ ग्राम प्रोटिन पाइन्छ। यो भिटामिन सी र फोलेटको धनाढ्य स्रोत हो। यसले पनि काउलीले जस्तै क्यान्सरविरोधकको काम गर्छ र मोटोपनालाई नियन्त्रणमा राख्दछ।

३।फर्सी
फर्सी मन पर्छ भने फर्सी खानुहोस्। यसको प्रति ११६ ग्राममा ३० क्यालोरी, ८ ग्राम कार्बोहाइड्रेट र १।२ ग्राम प्रोटिन पाइन्छ। भिटामिन(ए को राम्रो स्रोत भएको फर्सीले आँखाको शक्तिलाई मजबुत बनाउँदछ भने यसमा रहेको भिटामिन(सी ले प्रतिरक्षा शक्तिको पनि विकास गर्दछ। यसमा क्यालोरीको मात्रा कम हुन्छ, त्यसैले मनले मागेको जति खाएपनि मोटाउने डर पैदा गराउँदैन।

४। ब्रोकाउली
काउलीको राजा ब्रोकाउलीको प्रति १४८ ग्राममा केवल ५० क्यालोरी, १० ग्राम कार्बोहाइड्रेट अनि ४।२ ग्राम प्रिटिन पाइन्छ। भिटामिन ए र सी को पनि राम्रो स्रोत भएको ब्रोकाउलीले हाडजोर्नीको दुखाईलाई कम गर्नुको साथै काटेको अथवा पोलेको घाउचोटलाई समेत चाँडै निको गराउन मद्दत गर्दछ। क्यान्सर गराउन फ्री राडिकललाई समेत नष्ट गर्ने ब्रोकाउली ढुक्कले खानुहोस्, मोटाउने चिन्ता नगर्नुहोस्।

५। कुरिलो
कुरिलोको मौसम पनि आउँदैछ। त्यसैले दैनिक खानामा विविधता चाहनुहुन्छ भने कुरिलो मिसाउनुहोस्। यसको प्रति १६ ग्राममा केवल ३ क्यालोरी, ०।६ कार्बोहाइड्रेट अनि ०।४ प्रोटिन पाइन्छ। आँखाको लागि अति गुणवान कुरिलोले शरीरको प्रतिरक्षा क्षमतालाई समेत गिर्न दिँदैन। पाचन प्रक्रियामा सहजता प्रदान गर्ने यस खानेकुरा खाँदा मोटाउने डर मान्नै पर्दैन।

६। मुला
शरीरमा भएको बोसोलाई बिस्तारै कम गर्दै लान चाहनुहुन्छ भने मुलाको तरकारी अथवा काँचै मुला चपाउनुहोस्। यसको प्रति ४।५ ग्राममा केवल १ क्यालोरी, ०।२ ग्राम कार्बोहाइड्रेट पाइन्छ। रगतलाई सफा गर्ने, स्वासप्रश्वासमा राहत दिने, मुटुलाई स्वस्थ राख्ने, मृगौला सफा गर्ने लगायत मुलाका थुप्रै फाइदाहरू छन्।

७।गाँजर
गाँजर खाँदा गुलियो हुन्छ तर यसले मोटोपना गराउँदैन। यसलाई त खानेकुराहरूमध्येको सबैभन्दा स्वस्थ अनि फाइदाजनक खानेकुरा भन्दा पनि फरक पर्दैन। यसको प्रति ६१ ग्राममा २५ क्यालोरी, ६ ग्राम कार्बोहाइड्रेट अनि ०।६ ग्राम प्रोटिन पाइन्छ। भिटामिन(ए को राम्रो स्रोत गाँजरले आँखालाई तेजिलो गराई रतन्धो, मधुमेह, मुटुरोग, ग्यास्ट्रिक लगायत अन्य कैयौँ स्वास्थ्य समस्याहरूलाई समेत रोकथाम गर्दछ।

८। हरीयो सागपात
अधिकांश हरीयो सागपातको प्रति ३० ग्राममा औषत ७ क्यालोरी, १।१ ग्राम कार्बोहाइड्रेट र ०।९ ग्राम प्रोटिन रहेको हुन्छ। दमरोगीको लागि सञ्जीवनी मानिने हरीयो सागपातले क्यान्सरविरोधकको पनि काम गर्दछ। रक्तचापलाई नियन्त्रण गरी मुटुको स्वास्थ्यलाई सुधार गर्न पनि यसले महत्वपूर्ण भूमीका खेल्दछ।

९। खुर्सानी
पिरो खाले होस् या नपिरो खाले होस्, खुर्सानी भनेको खुर्सानी नै हो। यसमा हुने क्याप्सेसिन भिटामिन(सी को राम्रो स्रोत हो। अझै क्याप्सेसिनले त शरीरमा क्यान्सरसँग लड्न सक्ने क्षमता पनि प्रदान गर्दछ भनेर पत्ता लागिसकेको छ। खुर्सानी जति पीरो भयो क्यान्सरको लागि त्यति नै राम्रो मानिन्छ। तर विचार पुर्याउनुहोस्, खाली पेटमा पीरो खुर्सानीले नकारात्मक असर गर्न सक्छ।

१०। चना
शुद्ध शाकाहारीहरूको लागि प्रोटिनको राम्रो स्रोत चनाको प्रति १२।५ ग्राममा ४६ क्यालोरी, ८ ग्राम कार्बोहाइड्रेट अनि २।४ ग्राम प्रोटिन पाइन्छ। यसले धेरैबेरसम्म भोक लाग्न दिँदैन र मांशपेसीको वृद्धि र विकासमा समेत मद्दत गर्दछ। जिम जाने, दैनिक साइकल चलाउने अथवा भारी काम गर्नेहरूले चनाको दैनिक सेवन गर्नु एकदमै फाइदाजनक हुन्छ। नयाँ पुस्ता बाट साभार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group