काठमाडौँ — इन्धनको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा ३।५ प्रतिशत भाडादर वृद्धि भएको छ । यातायात व्यवस्था विभागले जेठ ४ गतेदेखि लागू हुने गरी यात्रुवाहकमा ३.५ प्रतिशत, पहाडी बाटोमा चल्ने (मालवाहक)मा ४.६ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५।१ प्रतिशत भाडादर वृद्धि गरेको हो ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणलीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको थियो । पछिल्लो समायोजनमा आधार लिइएको मूल्यभन्दा १०।८६ प्रतिशत पुगेकाले दुई वा सो भन्दा बढी प्रदेश भई ९राष्ट्रियस्तरका रुटमा० सञ्चालन हुने यातयातको भाडादर स्वचालित प्रणालीअनुसार समायोजन गरेको विभागले जनाएको छ ।
पछिल्लो पटक भाडादर समायोजन गर्दा डिजेलको बजारमूल्य १३८ ९प्रति लिटर० थियो । त्यसपछि क्रमशस् चैत २२ मा ५ रुपैयाँ र वैशाख ३१ मा १० रुपैयाँ वृद्धि भई हाल १५३ रुपैयाँ कायम भएको छ ।
तराईको लामो दूरी ९२५० किमि भन्दा बढी० पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस र मिनिबसका लागि साविक प्रतिव्यक्ति २.६७ प्रतिशत रहेकोमा बुधबारदेखि २।७६ पैसा कायम गरिएको हो । यस्तै २५ किमि देखि २५० किमि प्रति व्यक्ति २ रुपैयाँ ७६ पैसा रहेकोमा अब २ रुपैयाँ ८३ पैसा भाडादर कायम गरिएको विभागले जनाएको छ ।
विभागले काठमाडौं–पोखरा र पोखरा–नारायणघाट खण्डको प्रति व्यक्ति २ रुपैयाँ ९४ पैसा कायम भएकोमा अब ३।०४ भाडादर कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्