मोरङ, ३ जेठ । मोरङको कानेपोखरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष राजमति इङ्गनाम गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ। एमालेकी राजमतिले ३ हजार १ सय २९ मतान्तरले कांग्रेसका सञ्जय भट्टराईलाई गर्नुभयो । राजमतिले ८ हजार ९ सय ७५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याएको निर्वाचन अधिकृत गणेश नायकले बताउनुभयो ।
उक्त गाउँपालिका उपाध्यक्षमा एमालेका भोलाप्रसाद अधिकारीले ९ हजार ५ सय ७० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङ्ले ७ हजार ८ सय १८ मत प्राप्त गर्नुभयो । गाउँपालिकाका ७ वटा वडामध्ये कांग्रेसले २ र एमालेले ५ वटा वडाध्यक्षमा विजयी हात पार्नुभएको छ । वडा १ मा कांग्रेसका रत्नबहादुर कार्कीले १ हजार १ सय ८, वडा २ मा एमालेका शुशिल बुढाथोकीले १ हजार ८ सय ६४, वडा ३ मा एमालेका गोपालबहादुर कार्कीले ७ सय ७५, वडा ४ मा कांग्रेसका रमेश राउतले १ हजार ३ सय १४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।
यस्तै, वडा ५ मा एमालेका चरण गुरुङले १ हजार ६ सय २७, वडा ६ मा एमालेका खडगबहादुर बस्नेतले १ हजार ७ सय ४६ र वडा ७ मा एमालेका मोहनप्रसाद अधिकारीले १ हजार २ सय २८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत नायकले बताउनुभयो । अघिल्लो निर्वाचनमा उक्त गाउँपालिका अध्यक्षमा एमालेका ताराबहादुर काफ्लेले ६ हजार ५ सय ८८ र उपाध्यक्षमा राजमतिले ७ हजार २९ मत ल्याएर विजयी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्