ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानेपोखरी गाउँपालिका अध्यक्षमा एमालेकी इङ्गनाम निर्वाचित


एबीसी / संवाददाता
३ जेष्ठ २०७९, मंगलबार   १० : ३७   बजे

मोरङ, ३ जेठ । मोरङको कानेपोखरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष राजमति इङ्गनाम गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ। एमालेकी राजमतिले ३ हजार १ सय २९ मतान्तरले कांग्रेसका सञ्जय भट्टराईलाई गर्नुभयो । राजमतिले ८ हजार ९ सय ७५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याएको निर्वाचन अधिकृत गणेश नायकले बताउनुभयो ।

उक्त गाउँपालिका उपाध्यक्षमा एमालेका भोलाप्रसाद अधिकारीले ९ हजार ५ सय ७० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङ्ले ७ हजार ८ सय १८ मत प्राप्त गर्नुभयो । गाउँपालिकाका ७ वटा वडामध्ये कांग्रेसले २ र एमालेले ५ वटा वडाध्यक्षमा विजयी हात पार्नुभएको छ । वडा १ मा कांग्रेसका रत्नबहादुर कार्कीले १ हजार १ सय ८, वडा २ मा एमालेका शुशिल बुढाथोकीले १ हजार ८ सय ६४, वडा ३ मा एमालेका गोपालबहादुर कार्कीले ७ सय ७५, वडा ४ मा कांग्रेसका रमेश राउतले १ हजार ३ सय १४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।

यस्तै, वडा ५ मा एमालेका चरण गुरुङले १ हजार ६ सय २७, वडा ६ मा एमालेका खडगबहादुर बस्नेतले १ हजार ७ सय ४६ र वडा ७ मा एमालेका मोहनप्रसाद अधिकारीले १ हजार २ सय २८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत नायकले बताउनुभयो । अघिल्लो निर्वाचनमा उक्त गाउँपालिका अध्यक्षमा एमालेका ताराबहादुर काफ्लेले ६ हजार ५ सय ८८ र उपाध्यक्षमा राजमतिले ७ हजार २९ मत ल्याएर विजयी हुनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group