ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३ सय ५१ पालिकाको नतिजा : कांग्रेस १ सय ६०, एमाले ९९ र माओवादी ७५ वटामा विजयी


एबीसी / संवाददाता
३ जेष्ठ २०७९, मंगलबार   १० : ५४   बजे

काठमाडौं, ३ जेठ ।  पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ७० वटा नगरपालिका र दुई सय ८१ वटा गाउँपालिका गरी तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

सार्वजनिक मत परिणामअनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ३८ वटा नगरपालिका र एक सय २२ वटा गाउँपालिका गरी एक सय ६० वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै कांग्रेसले ३१ वटा नगरपालिकाको उपमेयर, एक सय २२ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार सात सय ५७ वटा वडाध्यक्ष पद जितेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले २० वटा नगरपालिका र ७९ वटा गाउँपालिका गरी ९९ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले २३ वटा नगरपालिकाको उपमेयर, ७४ वटा पालिकाको उपाध्यक्ष र एक हजार तीन सय ५० वटा वडाध्यक्ष पदमा जित निकालेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म आठ वटा नगरपालिका र ६७ वटा गाउँपालिका गरी ७५ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै माओवादीले ११ वटा नगरपालिकाको उपमेयर, ६९ वटा गाउँपालिकाको उपाध्यक्ष र सात सय ५० वटा वडाध्यक्ष पदमा जित निकालेको छ ।

नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिकाको मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र नौ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । जनता समाजवादी पार्टीले पनि चार वटा गाउँपालिको अध्यक्ष पदमा जित निकालेको छ । नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र जनमोर्चाले एउटा नगरपालिकाको मयर जितेका छन् । एउटा नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group