ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिजनकै पहिलो हार व्यर्होदै म्यानचेष्टर सिटी


admin
१ माघ २०७४, सोमबार   ३ : ४२   बजे

काठमाडौं, १ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले सिजनकै पहिलो हार व्यहोरेको छ ।

गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले लिग लिडर सिटीलाई ४–३ गोल अन्तरले हराएको हो । एनफिल्डमा भएको खेलमा लिभरपुलले दोस्रो हाफमा ८ मिनेटभित्र तीन गोल गरेको थियो भने खेलमा फर्कने प्रयासमा सिटीले अन्तिम ६ मिनेटभित्र दुई गोल गरेको थियो ।

फिलिप काउटिन्होलाई १४२ मिलियन पाउण्डमा बेचेपछि लिभरपुलले पहिलो खेल सिजनमा घरेलु लिगमा हार नव्यहोरको टिमसंग खेल्दै थियो । ओक्सलेड चम्बेर्लेनले आफूलाई स्थापित गर्ने मौका पाए र नवौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

सानेले ४० औं मिनेटमा गोल गरे र पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा लिभरपुल हावी भयो । फिर्मिनोले ५९ औं मिनेटमा गोल गरे भने ६१ औं मिनेटमा माने र ६८ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई ४–० को अग्रता दिलाए । तर, सिटीले खेलमा फर्कने प्रयास जारी राख्यो । ८४ औं मिनेटमा बनान्डो सिल्भाले गोल गरे भने इन्जुरी टाइममा गुन्डोगोनले गोल गरे । तर, टिमको हार टार्न सकेनन् ।

हारका बाबजुद सिटी १५ अंकको अग्रताका साथ लिगको शीर्ष स्थानमा छ । लिभरपुल ४७ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group