ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुखमा चौधरी दोहोरिए : गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी


एबीसी / संवाददाता
५ जेष्ठ २०७९, बिहिबार   ७ : १९   बजे

दाङ, ५ जेठ । सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुनः निर्वाचित हुनुभएको हो । चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका छन् । उनले ३१ हजार ७ सय २८ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत प्राप्त गनुभएको छ । चौधरी २०७४ मा पनि प्रमुखमा निर्वाचित हुनुभएको थियो । ०७४ मा उनले २२ हजार ३० मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत पाउनुभएको थियो। माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गर्नुभएको छ । चौधरीले यसपटक ९ हजार ६ सय ९८ मत बढाउनुभएको हो ।

उहाँ हाल एमाले पोलिटब्युरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज हुनुहुन्छ । उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी ४९ मतान्तरले विजयी हुनुभएको छ । उहाँले ३० हजार ४ सय ३ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गनुभएको छ।

डाँगी २०७४ मा प्रमुखमा प्रतिस्पर्धा गरेर एमालेका चौधरीसँग पराजित हुनुभएको थियो । डिसी विधवा महिला सरोकार केन्द्रको अध्यक्ष भएर लामो सयम सामाजिक आन्दोलनमा क्रियाशिल हुनुहन्थ्यो । उहाँले घरेलु हिंसा पीडित महिलाको संरक्षणका लागि सेफ हाउस सञ्चालन गर्नुका साथै सहकारी संस्था र महिला मानवअधिकार रक्षक सञ्जालको पनि नेतृत्व गरिसक्नुभएको छ । उहाँ अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । घोराहीमा एमालेले १९ मध्ये १३ वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले एक मात्र वडा जितेको छ । एमालेले १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७ र १८ नम्बर वडा जितेको छ । कांग्रेसले १०, १३, १५, १६ र १९ नम्बर र माओवादी केन्द्रले ९ नम्बर वडा मात्र जितेको छ । एमालेले २०७४ भन्दा वडा बढाएको छ । पहिले ८ वडा जितेकोमा अहिले ५ वडा बढाएर १३ पुर्‍याएको छ । कांग्रेसले पहिले जितेकामध्ये एक र माओवादी केन्द्रले दुई वडा गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu