ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष ओलीको नगरपालिकामा एमालेका प्रमुख तथा उपप्रमुख विजयी


एबीसी / संवाददाता
५ जेष्ठ २०७९, बिहिबार   ८ : १३   बजे

भक्तपुर, ५ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेको छ । सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका उम्मेदवार वासुदेव थापाले प्रमुखमा १४ हजार ७ सय ५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्दी नेपाली काँग्रेसका मेयर उमेदवार निशान ढुंगेलले १३ हजार २ सय ३२ मत पाउनुभएको छ । मेयर थापाले १५२६ मत बढि ल्याएर काँग्रेसका उमेदवारलाई हराउनुभएको हो । थापाको यो दोश्रो कार्यकाल हुनेछ ।त्यसैगरी, उपमेयरमा पनि एमालेकै उम्मेदवार सरिता तिम्सिना भट्टराईले विजय हासिल गर्नु भएको छ ।

उपमेयर भट्टराईले प्रतिद्धन्दीसँग फराकिलो मतसहित विजयी हुनुभएको छ । उहाँले १४ हजार ४ सय ९० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्दी नेकपा एकीकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत पाउनुभएको छ । स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य गरि एमालेबाट ३३ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन् भने कांग्रेसबाट वडा अध्यक्ष र वडा सदस्य गरि १९ जना निर्वाचित भएका छन् । एमाले अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा रहेको महेन्द्र शान्ति माविबाट मतदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group