ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुरमा रेनु दाहाललाई ३ हजार मतको अग्रता


एबीसी / संवाददाता
५ जेष्ठ २०७९, बिहिबार   १२ : २४   बजे

काठमाडौं, ५ जेठ । भरतपुर महानगरपालिकामा ४० हजार मत गनेर सकिँदा मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रतामै हुनृुहन्छ । महानगरको ४० हजार ९ सय ६३ मत गणना हुँदा दाहालले ३८ प्रतिशतको हाराहारीमा मत प्राप्त गर्नुभएको छ ।

२० हजार मत गनेर सकिँदा उहाँलाई ३३ प्रतिशत र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई ३२ प्रतिशत मत आएको थियो । अहिले सुवेदीलाई ३० प्रतिशतको हाराहारीमा मत आएको छ । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २० हजार गणना हुँदा १६ प्रतिशतको हाराहारीमा र अहिले पनि १५ प्रतिशतको हाराहारीमा मत ल्याएका छन् । अहिले भरतपुरमा वडा नम्बर १० को मत गणना भइरहेको छ । मेयरमा रेनु दाहालको १५ हजार ५ सय १३, विजय सुवेदीको १२ हजार ३ सय ८७ र जगन्नाथ पौडेलले ६ हजार ४ सय ३ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका चित्रसेन अधिकारीको १७ हजार ९ सय ७० र एमालेको समर्थन रहेको राप्रपाकी उम्मेदवार हिमला गुरुङको ९ हजार ९६१ मत आएको छ । कुल २९ वटा वडाहरु रहेको भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । रेनु दहालले वडा नम्बर ५ पछि फराकिलो मतान्तर कायम गर्नुभएको छ । गणना हुँदै गरेको वडा नम्बर १० सहित गणना हुने क्रममा रहेका ११ र १२ नम्बर वडामा पहिलाको निर्वचनमा एमालेका उम्मेदवारहरूले राम्रो मत पाउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu