ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले ओलीको आयोजित सभामा भीड, नतिजा भने शून्य एमाले


एबीसी / संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार   ३ : ४७   बजे

काठमाडौं, ६ जेठ । गत चैत १७ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जुम्ला पुगे। चुनावलक्षित उनको सभामा जुम्लाबासीको भीड लाग्यो र त्यसलाई नेकपा एमालेले पार्टीप्रतिको आकर्षणका रुपमा प्रचार समेत गर्‍यो।ओलीले त्यही सभामा भने, ‘नेकपा एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको छ।’जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खश इतिहासलाई सहयोग गर्ने आश्वासन समेत बाँडे।‘जुम्लाको खस इतिहासलाई आफ्नो परिस्थिति अनुसार गर्न सक्ने सहयोग मैले गर्ने छु,’ उनले भनेका थिए, ‘केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु। ढुक्क हुनुहोस् र सिञ्जाको विकास गर्न हामी तयार छौं।’ओलीको सभामा पुगेको भीडले स्थानीय तह निर्वाचन २०७९ मा एमालेलाई नपत्याएको देखिएको छ। आठवटा स्थानीय तह रहेको जुम्लामा नेकपा एमाले शून्य भएको छ।आठवटै स्थानीय तहको अन्तिम मतगणना सार्वजनिक हुँदा नेपाली कांग्रेसले पाँच र नेकपा माओवादी केन्द्रले दुई तथा स्वतन्त्र उम्मेदवारले एक पालिका जितेका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी नेपाली कांग्रेसका पूर्ण सिंगे बोहोरा २७६८ मतसहित विजयी भए। गुठीचौरमा नेपाली कांगेसका दानबहादुर बुढा विजयी भएका छन्।
तातोपानीमा कांग्रेसका नन्द प्रसाद चौलागाईल विजयी भएका हुन्। यसैगरी हिमामा कांग्रेसकै लक्ष्मण बहादुर शाही निर्वाचित भए। कनकासुन्दरी गाउँपालिकामा अध्यक्षमा कांग्रेस दामोदर प्रसाद आचार्य विजयी भए।

तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले जिते। सिंजा गाउँपालिकामा माओवादी केन्द्रकै पूर्ण प्रसाद धिताल निर्वाचित भए।जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन्।

उनले कांग्रेसका आधिकारिक उम्मदवार पदमबहादुर शाहीलाई हराएका हुन्। त्यस्तै उपाध्यक्षमा कांग्रेसले हिमा, कनकासुन्दरी र चन्दननाथ नगरपालिकामा उपप्रमुखमा जीत हासिल गरेको छ।

एकीकृत समाजवादीले जिल्लाको एकमात्र गुठीचौर गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ।नेकपा एमाले भने प्रमुख र उपप्रमुखविहीन भएको छ। २०७४ सालमा तिला गाउँपालिका प्रमुख जितेको थियो भने सिंजामा उपप्रमुख जितेको थियो। माओवादीले तीन ठाउँमा जितेकोमा एक गुमाएको छ। चन्दनाथ नगरपालिकामा भने कांग्रेसकै बागी राजुसिंह कठायतले जितेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group