ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ सय ४८ पालिकाको मत परिणाम : कांग्रेस २ सय ९१, एमाले १ सय ७९ र माओवादी १ सय १२ वटामा विजयी


एबीसी / संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार   ४ : ४३   बजे

काठमाडौं, ६ जेठ ।  पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ४८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९१ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ ।

कांग्रेस

दुई सय १६ वटा नगरपालिका र चार सय ३२ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय नौ वटा नगरपालिका र एक सय ८२ वटा गाउँपालिकाको प्रमुख पद जितेको हो । यस्तै कांग्रेसले ८१ वटा नगरपालिका, एक सय ८३ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार चार सय १६ वटा वडाको अध्यक्ष पद जितेको छ ।

एमाले

दोस्रो स्थानमा रहेको एमालेले ६१ वटा नगरपालिकाको मेयर र एक सय १८ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ७९ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ८२ वटा नगरपालिकाको उपमेयर, एक सय १९ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार नौ सय २९ वटा वडाको अध्यक्ष पद जितेको छ ।

माओवादी

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले २८ वटा नगरपालिकाको उपमेयर, ९२ वटा गाउँपालिकाको उपाध्यक्ष र नौ सय ९२ वटा वडाको अध्यक्ष पद जितेको छ ।

एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर, आठ वटा गाउँपालिकाको अध्यक्ष, आठ वटा नगरपालिकाको उपमयेर र १३ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

जसपा

जनता समाजवादी पार्टी ९जसपा० ले चार वटा नगरपालिकाको मेयर, १६ वटा गाउँपालिकाको अध्यक्ष, सात वटा नगरपालिकाको उपमेयर र १४ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

अन्य/स्वतन्त्र

बाँकी पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनमत लगायतका साना दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu