ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशकौंदेखि नेकपा एमालेको गढ रहेको रुरु क्षेत्रमा पूर्व मुख्यसचिवको सहयोगमा यदुको उदय


एबीसी / संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार   ८ : ०८   बजे

गुल्मी, ६ जेठ । दशकौंदेखि नेकपा एमालेको गढको रुपमा परिचत रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवाली विजयी भएका छन् । ज्ञवाली २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार थिए । तर उनी एमालेका नीलकण्ठ गौतमसँग एक हजार ४६३ मतको फराकिलो अन्तरले पराजित भएका थिए ।

पूर्व मुख्यसचिव लीलामणि पौडेलले साथ दिएपछि ज्ञावली विजयी भएका हुन । उनै पूर्व मुख्यसचिव पौडेलले नेकपा माओवादी केन्द्रको युवा भातृ संगठनलाई प्रशिक्षण दिइरहेको भिडियो केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो । पौडेलले उक्त भाषण गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा गरेका थिए ।

३२ वर्षीय ज्ञवाली यसपटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए । गठबन्धनको बलमा उनले एमालेका प्रत्यासी हिमाल श्रेष्ठलाई एक हजार २७७ मतको फराकिलो अन्तरले पराजित गरे । ज्ञवालीले पाँच हजार ८१७ मत ल्याउँदा एमालेका श्रेष्ठले चार हजार ५४० मत प्राप्त गरे ।

गत निर्वाचनमा पराजयपछि उनी केही समय लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालको स्वकीय सचिव बनेर काम गरे । ‘यसबीचमा रुरुक्षेत्रमा धेरै विकास निर्माणका काम गर्ने अवसर पाएँ, जसले मलाई जनतामा परिचित गरायो,’ उनले भने, ‘यसपटक पार्टीको संगठन बलियो भएकाले निर्वाचन जितियो ।’

राजनीतिसँगै विभिन्न सामाजिक संघसंस्थामा जोडिएर विकास निर्माणका काम गर्दै आएका ज्ञवालीलाई चीनका लागि नेपाली राजदूत बनिसकेका पूर्व मुख्यसचिव पौडेलले विकासका कामदेखि कोभिड महाव्याधिमा जनताको पक्षमा काम गर्न सघाए । रुरुक्षेत्र गाउँपालिका लीलामणि पौडेलको गृहपालिका हो । पौडेल बेलाबेलामा गृहपालिका गइरहन्छन्, तर पछिल्लो समय उनको आवतजावत बाक्लो भएको थियो । माओवादी केन्द्रमा औपचारिक रूपमा प्रवेश नगरे पनि उनी पार्टीदेखि वाईसीएलसम्मको प्रशिक्षणमा सहभागी हुन थाले । माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञवालीसँगै उनी पनि घरदैलो कार्यक्रममा सक्रिय भए । यसक्रममा उनले आफू मुख्यसचिव हुँदा स्थानीय स्तरमा गरेका विकास निर्माणका काम स्मरण गरेका थिए ।रुरुक्षेत्र एमाले उपमहासचिव प्रदीप ज्ञवालीको गृहपालिका पनि हो ।

पौडेल माओवादी केन्द्रमा सक्रिय भएर उपमहासचिव ज्ञवालीलाई चुनौती दिन तयार भए । पौडेल पञ्चायतकालमा राजनीतिमा सक्रिय हुँदै तत्कालीन नेकपा (माले)का उम्मेदवारलाई जिताउन सक्रिय थिए । पौडेलको सक्रियता र गठबन्धनको बलमा अन्ततः ३७ वर्षदेखि एकछत्र नेतृत्व गर्दै आएको एमालेको गढमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए ।लामो समय नेतृत्वमा रहँदा एमालेमा अहंकार र दम्भका साथै जे गरे पनि हुन्छ भन्ने भावना मौलाएको पौडेल बताउँछन् । ‘यस क्षेत्रका जनतालाई दलगत रूपमा विभेद गरियो,’ उनी भन्छन्, ‘गरिब दीनदुःखीलाई राज्यको सुविधा लिन पनि पार्टीको सदस्य हुनुपर्ने भनियो र त्यस्तै व्यवहार गरियो ।’एमालेले राज्यशक्तिको दुरुपयोग गर्दा स्थानीय जनता पीडित भएको पौडेलको निष्कर्ष छ । ‘जनता पीडित भए । बोल्ने कोही भएनन्, त्यसैले म विकल्प खोज्दै उभिन आइपुगें,’ उनी भन्छन् ।विजयसभामा बोल्दै पौडेलले भने, ‘अब यदु ज्ञवालीको सफलता असफलता मेरो प्रतिष्ठासँग जोडिन्छ । त्यसैले यहाँको सुशासन र समृद्धिका लागि मेरो ज्ञान र क्षमता लगानी गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group