ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६८५ तहको नतिजा सार्वजनिक : कांग्रेस जित्यो ३०३ पालिका, एमाले र माओवादीले कति जिते ?


एबीसी / संवाददाता
७ जेष्ठ २०७९, शनिबार   ८ : ५१   बजे

काठमाडौं, ७ जेठ ।  स्थानीय तह निर्वाचनको मत गणना अन्तिम चरणमा पुग्दै गर्दा कांग्रेसले अहिलेसम्म ३०३ स्थानीय तहमा जित हासिल गरेको छ। सात सय ५३ स्थानीय तहमध्ये शनिबार बिहानसम्म देशभरका ६८५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

सार्वजनिक परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म कांग्रेसले ३०४ स्थानीय तहमा प्रमुख जितेको छ भने मतगणना चलिरहेका २४ स्थानीय तहमा अझै पनि अग्रता कायम राखेको छ।

२०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै पालिका जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनमा कांग्रेसभन्दा निकै पछि परेको छ।

शनिबार बिहानसम्मको तथ्यांक अनुसार एमालेले अहिलेसम्म १८७ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका देशभरका २१ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्।

२०७४ को तुलनामा यो निर्वाचनबाट आफ्नो अवस्था सुधार गरेको माओवादी केन्द्रले अहिलेसम्म ११७ पालिकाको प्रमुख जितेको छ भने ४ तहमा अग्रता कायम राखेको छ। ०७४ मा माओवादीले १०६ पालिका प्रमुख जितेको थियो।

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म २८ स्थानीय तहको प्रमुख जितेर चौथो स्थान कायम गरेको छ। उसले ९ स्थानीय तहमा अग्रता कायम गरेको छ। एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १७ स्थानीय तहको प्रमुख जितेको छ। २ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ।

अहिलेसम्म देशभरमा ६ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। महन्थ ठाकुर नेतृत्वको लोसपाले अहिलेसम्म १० स्थानीय तहको प्रमुख जितेको छ भने मतगणना चलिरहेका ६ स्थानमा अग्रता कायम राखेको छ।राष्ट्रिय जनमोर्चाले अहिलेसम्म चार स्थानीय तहको प्रमुख जितेको छ भने राप्रपाले चार तहको प्रमुख जितेको छ। रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा प्रमुख जितेको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीका दुई पालिका प्रमुख जितेको छ।

नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म भक्तपुरको एउटा स्थानीय तहमा मात्रै जित हासिल गरेको छ भने तमलोपाले धनुषाको एक स्थानीय तहको प्रमुख जितेको छ। विवेकशील साझा पार्टीले पनि एउटा स्थानीय तहको प्रमुख जितेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group