ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी सुरुङमा उद्धार : ‘पावरहाउससम्मै नपुगी फर्किएको हो कि?’ प्राविधिकको प्रश्न


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ३ : २५   बजे

काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको अन्तिम विन्दूसम्म खोजी गर्दा पनि मानिस नभेटिएको भन्दै उद्धार टोली फर्किएपछि जलविद्युत् क्षेत्रका प्राविधिकहरूले उद्धार कार्यप्रति गम्भीर प्रश्न उठाएका छन्।

सोमबार नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहितको उद्धार टोली रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र प्रवेश गरेको थियो। तर, सुरुङभित्र ठूलो परिमाणमा माटो थुप्रिएका कारण थप अघि बढ्न नसकेपछि टोली फर्किएको बताइएको छ।

प्रधानमन्त्रीको कार्यालयले भने सुरुङको अन्तिम भागसम्म खोजी गर्दा पनि कुनै व्यक्ति फेला नपरेपछि उद्धार टोली फर्किएको जनाएको छ। तर, आयोजनाका प्राविधिकहरूले भने उद्धार टोलीले पर्याप्त स्रोतसाधनसहित गम्भीर रूपमा खोजी नगरेको हुनसक्ने आशंका गरेका छन्।

‘पावरहाउसमा तीन जना काम गरिरहेका थिए’

जलविद्युत् क्षेत्रमा कार्यरत एक प्राविधिकका अनुसार बाढी आउँदा रसुवागढी आयोजनाको पावरहाउस सञ्चालनमै थियो र कम्तीमा तीन जना कर्मचारी कन्ट्रोल रुममा कार्यरत थिए।

उनका अनुसार कन्ट्रोल रुममा पाल्पाका किशोर न्यौपाने, प्युठानका सन्तोष पौडेल र रसुवाका छिरिङ तामाङ कार्यरत थिए। बाढीपछि उनीहरू तीनै जना सम्पर्कविहीन छन्।

“पावरहाउसमा काम गरिरहेका कर्मचारी बाहिर भाग्ने अवस्था रहँदैन। पावरहाउसभित्रै थुनिएका कर्मचारीलाई उद्धार टोलीले कसरी भेट्न सकेन?” ती प्राविधिकले प्रश्न गरे।

नाम सार्वजनिक नगर्ने सर्तमा आयोजनाका अर्का प्राविधिकले उद्धार टोली विद्युत् गृहसम्मै नपुगी फर्किएको हुनसक्ने आशंका व्यक्त गरे।

“मुखबाट मुख्य प्रवेश सुरुङको करिब ३०० मिटर दूरीमा पावरहाउस थियो। एक तलामाथि कन्ट्रोल रुम थियो। ऊर्जा उत्पादन गरिरहेकै आयोजना भएकाले त्यहाँ कम्तीमा पनि तीन जना त काम गरिरहेकै हुन्छन्,” उनले भने।

पावरहाउसमा कार्यरत कर्मचारीको अवस्था पत्ता नलागेको विषय आफूहरूलाई विश्वास गर्न कठिन भएको उनको भनाइ छ।

“कोही भेटिएन भन्दा त हामीलाई पत्याउनै गाह्रो परिरहेको छ। उद्धारकर्ताहरूले गम्भीर ढंगले सर्च गरेनन् भन्ने हामीलाई लागिरहेको छ।”

यस विषयमा थप छलफल गरी नेपाल विद्युत् प्राधिकरणमार्फत सम्बन्धित माथिल्लो निकायको ध्यानाकर्षण गराउने तयारी रहेको उनले बताए।

९३ जना अझै सम्पर्कविहीन

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना भदौ १० गते आएको विनाशकारी भोटेकोसी बाढीको चपेटामा परेको थियो। आयोजनाबाट मात्रै ९३ जना सम्पर्कविहीन रहेको बताइएको छ।

आइतबारदेखि मात्र आयोजनामा बेपत्ता भएकाहरूको खोजी सुरु गरिएको थियो। शनिबारसम्म उद्धार टोली आयोजनामा पुगेको थिएन।

सम्पर्कविहीन ९३ जनामध्ये ४९ जना रसुवागढी हाइड्रोपावर कम्पनीका कर्मचारी, दुई जना ज्यालादारी कर्मचारी, शेर्पा हाइड्रो कन्स्ट्रक्सनमा निर्माण कार्यमा खटिएका ३५ जना, सीडब्लूईका चार जना तथा भनस कन्स्ट्रक्सनका तीन जना रहेका छन्।

भूमिगत संरचनाबाट चार जना आफैँ बाहिरिए

आयोजनाको भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याएको छ।

उनीहरूमध्ये तीन जना भने भूमिगत संरचनाबाट निस्किएपछि सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका थिए।

रसुवागढी हाइड्रोपावर कम्पनीले समेत दक्ष जनशक्ति, पर्याप्त उपकरण र प्रभावकारी प्रविधिको प्रयोग गरेर खोजी गर्ने हो भने सम्पर्कविहीनको उद्धार सम्भव रहेको बताउँदै आएको छ।

बाढीपछि सुरुङ तथा भूमिगत संरचनामा फसेका मानिसको उद्धारमा भइरहेको ढिलाइप्रति परिवार तथा जलविद्युत् क्षेत्रका प्राविधिकहरूले चिन्ता व्यक्त गर्दै विशेषज्ञ जनशक्ति र अत्याधुनिक उपकरणसहित तत्काल खोजी तीव्र बनाउन माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँखैअगाडि १० मिनेटमा विद्यालय ढल्यो, प्रधानाध्यापकको भावुक भनाइ– ‘अब भविष्य जोगाउने बेला’

रसुवामा वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आँखैअगाडि १० मिनेटमा विद्यालय ढल्यो, प्रधानाध्यापकको भावुक भनाइ– ‘अब भविष्य जोगाउने बेला’

अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि सहयोग जुटाउँदै एनआरएनए, लाखौँ रकम संकलन

रसुवामा वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन

बाढीपछिको उद्धार र राहतबारे प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

संकटको बादलमा भारतीय उड्डयन क्षेत्र, २०२५–२६ लाई ‘सबैभन्दा कठिन वर्ष’ भनिँदै

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu