ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतगणना लम्बिँदा इन्डोनेसियामा २७० भन्दा धेरै गणकले ज्यान गुमाएका थिए


एबीसी / संवाददाता
८ जेष्ठ २०७९, आइतबार   १२ : ४८   बजे

काठमाडौं, ८ जेठ । सन् २०१९ मा इन्डोनेसियामा राष्ट्रपति र प्रदेश सांसदका लागि चुनाव भयो । १७ अप्रिल २०१९ मा भएको चुनावमा १९ करोड मानिसले भाग लिएका थिए । १७ वर्ष भन्दा माथिका नागरिकले भोट हाल्न पाउने व्यवस्था भएको इन्डोनेसियाका मतदाताले जिल्ला, प्रदेश र संसद गरेर २० हजार ५ सय २८ प्रतिनिधि छान्नुपर्ने थियो ।

इन्डोनेसियाको सरकारले खर्च बचाउने भन्दै जिल्ला, प्रदेश र संसदको चुनाव एकै दिन गराउने निर्णय गरायो । एक मतदाताले पाँचवटा मतपत्रमा छाप हानेर भोट हाल्ने व्यवस्था गरियो । यो चुनावलाई एकैदिन भएको विश्वको सबैभन्दा ठूलो चुनाव पनि भनिन्छ ।

चुनावमा राष्ट्रिय मान्यताप्राप्त १६ दल सहभागी थिए । चुनाव शान्तिपूर्ण तरिकाले भयो तर, मतगणनामा भने ठूलो दुर्घटना भयो । चुनाव भएको पछिल्लो दिनदेखि नै मतगणना सुरु गरियो । तीन तहका प्रतिनिधिका लागि भोट गरिएका करोडौँ मतपत्रबाट भोट गन्ने काम निकै सकसपूर्ण थियो ।

त्यहाँको निर्वाचन आयोगले खटाएका कर्मचारी र मतगणकहरू चौबिसै घण्टा मत गणनामा खटिए । कामको अत्याधिक चाप भयो । थकान र कमजोरीले चुनाव सकिएको दश दिनभित्र चुनावमा खटिएका २ सय ७२ जनाको मृत्यु भयो । यी मध्ये अधिकांश मतगणक थिए । १८ सय भन्दा बढ्ता गणक थकान, भोक, तनाव र कामको चापका कारण सिकिस्त बिरामी भए । इन्डोनेसियामा ८ लाख भन्दा बढ्ता मतदान केन्द्र बनाइएका थिए । यो चुनावको सम्पूर्ण नतिजा आउन एक महिना भन्दा धेरै समय लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu