ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेक्सासमा अन्धाधुन्ध गोली आक्रमण, १८ बालबालिकासहित २१ को मृत्यु


एबीसी / संवाददाता
११ जेष्ठ २०७९, बुधबार   ८ : २१   बजे

काठमाडौं, ११ जेठ । अमेरिकाको टेक्सासमा मंगलबार एक किशोर हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ। टेक्सासस्थित एक विद्यालयभित्र उक्त गोली आक्रमण भएको हो।

प्रहरीका अनुसार यो आक्रमण १८ वर्षीय सालभाडोर रामोस नामका किशोर एक्लैले गराएका हुन्। समाचारमा उल्लेख गरिएअनुसार आक्रमणकारी आफ्नो गाडीमा चढेर आएका थिए र हाते बन्दुकसहित विद्यालयभित्र प्रवेश गरेका थिए।

त्यसपछि उनले अन्धाधुन्ध गोली चलाउन सुरु गरेका थिए। अनुसन्धाताका अनुसार रामोसले घरबाट बाहिर निस्किनुभन्दा पहिला पनि आफ्नी हजुरआमाको हत्या गरेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार प्रहरीको कारबाहीमा आक्रमणकारी पनि मारिएका छन्। यो घटनामा दुईजना प्रहरी पनि घाइते भएका छन् तर उनीहरुको चोट भने गम्भीर नरहेको प्रहरीले बताएको छ।

१० दिनअघि मात्र अमेरिकाको न्युयोर्कमा भएको गोली आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो। पछिल्लो समय अमेरिकामा अन्धाधुन्ध गोली आक्रमणको घटना बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu