ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘विद्रोही धरान’ मा यसरी भयो साम्पाङको उदय र जित


एबीसी / संवाददाता
१४ जेष्ठ २०७९, शनिबार   ९ : १४   बजे

काठमाडौं, १४ जेठ । धरानका नवनियुक्त मेयर हर्क साम्पाङ बधाई तथा शुभकामनाको अबिर मेट्न नपाउदै मेयर हर्क साम्पाङ खानेपानी मुहानमा पुगे । देशभरका अधिकांश जनप्रतिनिधीहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने धरानवासीको समस्या समाधान नगरुन्जेल आफू खुसी नहुने बताउँदै पद धारण गरेको भोलिपल्टदेखि नै फिल्डमा पुगेर काम गर्न थालेका छन् ।

स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी भएका छन् । साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाएका छन् । धरान उपमहानगरमा मेयरको कुर्सी सम्हालेको भोलिपल्टै हर्क साम्पाङ फिल्डमा उत्रिन थालेका छन् । धरानका जनताको सबैभन्दा ठुलो समस्याको रूपमा रहेको खानेपानी समस्या समाधानका लागी साम्पाङले कदम चाल्न सुरु गरेका हुन् । खानेपानी समस्यालाई मुख्य मुद्दा बनाएर चुनावी अभियानमा होमिएर धरान उपमहानगरपालिकाको मेयर बनेका हर्कराज साम्पाङले बुधबार धरानको पानी आउने मुहानमा नै पुगेर बस्तुस्थिति बुझे । ठुलो तडकभडक नगरी आफ्ना केही सहयोगीहरूलाई मात्रै लिएर, उपमहानगरपालिकाको कार्यालयमा रहेको सरकारी गाडी समेत नचढी आफ्नै निजी मोटरसाइकलमा खानेपानीको मुहान अवलोकनका लागी पुगेका साम्पाङले केही महत्वपूर्ण निर्देशन दिँदै तत्काल समस्या समाधान गर्ने गरी काम गर्न पनि सम्बन्धित निकायलाई सुझाव दिएका छन् । उनी सर्दु जलाधारको खानेपानीको मुहान पुग्दा पाइप फुटेर पानी खोलामै बगेर गइरहेको पाइएपछि तत्कालै मर्मत गरी धरानमा पठाउन, त्यहाँ भएका कमजोरी सच्याउने र फोहोर गर्न नदिन निर्देशन समेत दिएका हुन् ।

त्यसकै भोलीपल्ट अर्थात् बिहीबार धरानलाई सफा र सुन्दर सहर बनाउने अभियान सुरु गरेका साम्पाङ आफै झाडु लिएर सडक सरसफाइ अभियानमा जुटे । धरानमा मुसलधारे वर्षा रोकिने वित्तिकै बिहीबार मेयर राईले धरानको मुख्य बजार रहेको भानुचोक र बसपार्क क्षेत्रको सरसफाइ गरे । मेयर आफैं झाडु लिएर बजार सरसफाइमा निस्किँदा उपमहानगरपालिकाका सफाइ कर्मचारी, नगर प्रहरी, स्थानीय बासिन्दा र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले साथ दिए । त्यति मात्रै होइन, मेयर साम्पाङले भानुचोकको सार्बजनिक शौचालयको समेत निरीक्षण गरेपछि सार्वजनिक शौचालय आसपासमा दुर्गन्ध फैलिए नदिन कर्मचारीलाई निर्देशन दिए । उनले बसपार्कमा जथाभावी फोहोर नफाल्न यातायात मजदुरलाई आग्रह गर्दै धरानलाई सधै सफा राखे यहाँ आउने पर्यटकहरुले आहा धरान भनेर प्रंशसा गर्न लायकको बनाउन समेत धरानबासीलाई आग्रह गरे । सामाजिक अभियानबाट सीधा धरानको मेयर बनेका उनले नगरको पर्यटन र सौन्दर्यीकरणमा ध्यान दिने बताएका छन् । पर्यटन र सौन्दर्यकरणको सपना साकार पार्न उनी झाडु लिएर फोहोर बढार्न बाहिर निस्किएका हुन्् । यो अभियान नगरका कुना–कुनासम्म फैलाउने उनको योजना छ ।

मेयर साम्पाङले नगरपालिकामा बसेरभन्दा दैनिक प्रत्येक सडकको अवलोकन गर्ने र खाल्डाखुल्डी भेटिए तत्काल मर्मत गरी यातायातका साधन संचालनमा सहज पु¥याउने बताए । अवको ६ महिनामा धरानलाई क्लिन सिटिको रुपमा घोषणा गर्ने आफ्नो योजना भएकाले अव सबैले यसमा ध्यान दिन उनले आग्रह गरेका छन् । धरानको ड्रेनमा पानीको बोटल, वियरको बोटल, लगायत थुप्रिएको र जसले गर्दा लामखुट्टै आउने र त्यसैले डेँगु जस्ता समस्या पनि निम्त्याने भएकाले फोहोरको व्यवस्थापनमा लाग्न सबै धरानबासीलाई उनले आग्रह गरेका छन् । आफुले गरेको आग्रह नमानेर फोहोर फाल्नेलाई जरिवाना गर्ने नियम ल्याउन पनि आफु पछि नपर्ने उनको भनाई थियो । राईले बस पार्क र टेम्पो पार्किङ्ग बीचबीचमा डस्विन राख्न निर्देशन गरेका छन् ।

उनले कुर्सीमा बसेर धरानबासी जनताको समस्या हल नहुने भन्दै धरानका २० वटै वडामा पालो मिलाएर जनसरोकारका विषयको अनुगमन गर्ने बताए । जनसरोकारका विषयमा मेयर आफै खटिएपछि धरानको विकासमा आमुल परिवर्तन हुने धरानवासीले अपेक्षा गरेका छन् । कुनै समय एक्लै धरानमा भइरहेका विकृतिका विषयमा भाषण गर्दै समस्या समाधानको उपायमा लागीपर्ने साम्पाङ चुनाव नजिकिँदै जाँदा उनलाई साथ दिने जनताको समूह पनि बढ्दै गयो । जनताको समस्या राख्ने ठाउँ सम्म पनि पत्रकारले नदिएको भन्दै दिउँसै लाइट बालेर जनताको कुरा सुनिदिने पत्रकार खोज्दै हिड्ने साम्पाङलाई खोज्दै अहिले देशैभरका पत्रकारहरुको धरानमा लाइन लागेको छ । उनका कथा र व्यथाहरुले मिडियाका पाना रंगिएका छन् यो दिन सम्म आइपुग्दा उनले भोगेको पीडा र दर्दका कथा भने निकै मन छुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group