ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले भन्यो सीमा विवाद मात्रै चीन−भारतको सम्पूर्ण सम्बन्ध होइन :


एबीसी / संवाददाता
१८ जेष्ठ २०७९, बुधबार   ७ : ५३   बजे

बेइजिङ — चीनले भारतसँगको सीमा विवाद मात्रै सम्पूर्ण सम्बन्धको विषय नभएको जनाएको छ। मंगलबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता चाउ लीच्येनले सीमा मुद्दा मात्रै चीन–भारतको सम्पूर्ण सम्बन्ध नभएको टिप्पणी गरे।भारतको वाणिज्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार चीनलाई पछि पार्दै अमेरिका भारतका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। यसबाट चीन–भारत सम्बन्धमा कुनै असर नपर्ने प्रतिक्रिया पनि उनले दिए। ‘हाल भारत(चीन सीमास्थिति स्थिर छ र दुवै पक्षबीच कूटनीतिक तथा सैन्य च्यानलमार्फत् घनिष्ठ सम्पर्क भइरहेको छ’, प्रवक्ता चाउले भने, ‘चीनले कहिल्यै पनि सीमा विवादलाई मात्र आपसी सम्बन्धको सम्पूर्णता मान्ने गरेको छैन। यसलाई आपसी सम्पर्कबाट यथास्थानमा राख्नुपर्छ र प्रभावकारी ढंगबाट किनारा लगाउनुपर्छ।

आशा छ, भारतले चीनसँग आपसी विश्वास बढाएर व्यावहारिक सहयोगलाई सबल बनाउनेछ।’सन् २०२१ को चिनियाँ तथ्यांक प्रस्तुत गर्दै प्रवक्ता चाउले चीन भारत द्विपक्षीय व्यापार १ खर्ब २५ अर्ब ६६ करोड डलर रहेको बताए। उनले भने, ‘अझै पनि भारतका लागि चीन नै सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। उपरोक्त तथ्यांक बमोजिम पहिलो पटक चीनसँगको कारोबार १ खर्ब डलरभन्दा माथि पुगेको थियो।’चीन र भारतबीच फरक फरक तथ्यांकको मानक भएकाले केही तलमाथि हुनसक्ने बताउँदै प्रवक्ता चाउले भारतले अन्य व्यापारिक साझेदार खोज्नुसँग चीनको कुनै चिन्ता नरहेको बताए। उनले भने, ‘भारतको व्यापारिक साझेदारीमा चीनको कुनै आपत्ति छैन र व्यापार मात्रा र्‍याङ्किङमा भएको उतार(चढ़ावमा पनि उति रुचि राख्दैन।’भारतले द्विपक्षीय आर्थिक तथा व्यापारिक लगानी सहयोगमा निष्पक्ष, पारदर्शी तथा दीगो वातावरण बनाओस् भन्ने चीनको ताकेता रहेको बताउँदै चिनियाँ परराष्ट्र प्रवक्ता चाउले पारस्परिक सहयोग तथा दुवै देशका जनता लाभान्वित हुने विषयमा चीनको चासो रहेको स्पष्ट पारे।भारत सरकारले आर्थिक अनियमितताको कारण देखाउँदै चिनियाँ कम्पनी जेडटीई र भारतस्थित भिभो मोबाइल फोनका सम्बन्धित विभागहरूमा अनुसन्धान गरिरहेको छ। स्याउमी जस्ता कम्पनीहरूपछि भारतको यो अर्को अनुसन्धान हो। यसबारे टिप्पणी गर्दै प्रवक्ता चाउले चिनियाँ सरकारले यस विषयमा ध्यान दिइरहेको बताए।चीनले सधैं नै चिनियाँ कम्पनीहरूलाई वैधानिक ढंगले विदेशमा काम गर्न आग्रह गरेको भन्दै चिनियाँ कम्पनीहरूलाई उनीहरूको वैध अधिकार र हितको रक्षाका लागि चीन दृढतापूर्वक उभिने पनि प्रवक्ता चाउले बताए। उनले भने, ‘भारतीय पक्षले कानुन र नियमहरूको पालना गर्नुपर्छ र चिनियाँ कम्पनीहरूलाई भारतमा लगानी गर्नको लागि निष्पक्ष, न्यायिक र भेदभावरहित व्यापारिक वातावरण उपलब्ध गराउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group