ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पञ्जाबी गायकको हत्यामा संलग्न बन्दुकधारी खोज्न नेपालमा दिल्ली प्रहरीको ‘गोप्य अपरेशन’


एबीसी / संवाददाता
२१ जेष्ठ २०७९, शनिबार   ७ : १८   बजे

काठमाडौं, २१ जेठ ।  पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नेपाल आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।स्रोतको हवाला दिँदै इन्डिया टुडेलगायत सञ्चार माध्यमले सिद्धू मुसेवालाको हत्यामा संलग्न हतियारधारीलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली नेपाल पुगेको समाचार लेखेका छन् । यद्यपि उक्त टोली नेपालको कुन क्षेत्रमा पुगेको र के गरिरहेको भन्नेबारे विस्तृत जानकारी दिइएको छैन ।

उक्त अनुसन्धान टोलीले मुसे वालाको हत्यामा संलग्न हतियारधारीहरू नेपालमा लुकेको हुनसक्ने भन्दै अनुसन्धान टोलीले खोजी गर्ने बताइएको छ । पञ्जाबको मन्सा जिल्लास्थित जवाहार्के गाउँमा गत आइतबार मुसेवालाको हत्या भएको थियो ।पञ्जाब पुलिसले मुसेवालाको हत्यामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको केही घण्टापछि दिल्लीको प्रहरी टोलीलाई नेपाल पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुसेवालाको हत्याका लागि बोलेरो कार उपलब्ध गराएको आरोपमा प्रहरीले फतेहबादको भिरडाना गाउँबाट मंगलबार दुई जनालाई पक्राउ गरेको थियो ।प्रहरीका अनुसार हत्यामा संलग्न आरोपमा मनप्रित सिंहलाई अदालतमा उपस्थित गराई ५ दिनको म्याद थपिएको छ। यसअघि गोल्डी ब्रारले आफ्नो फेसबुक पोस्टमार्फत् मुसेवालाको हत्याको जिम्मेवारी लिएका थिए ।

उनले ग्याङस्टर वियक्की मिड्डुखेराको मृत्युको बदला लिएको बताएका थिए ।यस क्रममा विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका गुण्डा नाइके कला जठेदी र उनका सहयोगी कला रानालाई पनि मुसेवालाको हत्या सम्बन्धमा सोधपुछ गरिएको छ । पछिल्लो समय राजनीतिमा प्रवेश गरेका गायक मुसेवालाको सुरक्षा व्यवस्था पञ्जाब सरकारले हटाइदिएको केही दिनपछि अज्ञात बन्दुकधारीहरूबाट उनको हत्या भएको हो ।मुसेवालामाथि उक्त अज्ञात समूहले १९ वटा गोली प्रहार गरेको बताइन्छ । र आक्रमणको १५ मिनेटमै उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group