ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्चरे डाँडामा फोहर विसर्जनमा फेरि अवरोध


एबीसी / संवाददाता
२४ जेष्ठ २०७९, मंगलबार   ११ : ११   बजे

काठमाडौँ, २४ जेठ । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सोमबार सरकारसँग भएको सहमति नमान्ने भन्दै सिसडोल बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेको छ ।प्रभावित क्षेत्रका स्थानीय पालिकासँग महानगर र मन्त्रालयले सहमति गरे पनि स्थानीयवासी सो सहमतिको विरोध गर्दै मंगलबार बिहान बन्चरे डाँडामा भेला भएका छन् । उनीहरुले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई बाटोमै रोकेका छन्।सरोकार समितिले प्रभावित क्षेत्रमा पर्ने गाउँ र जग्गा अधिग्रहण सरकारले गर्नुपर्ने र सुरक्षित स्थानमा आफूहरुलाई सार्नुपर्ने माग गर्दै आएको छ ।

त्यही मागलाई सम्बोधन गर्न भन्दै फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन हुनुपर्ने समितिले अडान लिएको छ । सरोकार समितिले आफूहरूको माग सडक नभएर ‘स्वच्छ वातावरणमा बाँच्‍न पाउनुपर्ने’ माग भएको जनाएको छ ।सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो। सहमतिपत्रमा प्रभावित क्षेत्रका मागहरू क्रमिकरुपमा पुरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।सो सहमतिअमान्य भएको भन्दै स्थानीय पुनः आन्दोलनमा उत्रिएका हुन् ।

सरोकार समितिका संयोजक श्रीराम भण्डारीले आफूहरुले बाँच्‍न पाउने अधिकारको सुनिश्चता नभईकन फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।सरोकार समितिले सरोकारवालाले पीडितसँग बसेर कानुनी, वैज्ञानिक, बौद्धिक, स्थानीयवासीलाई मान्य हुने किसिमको नयाँ सहमति हुनुपर्न माग गरेको छ । अहिलेको गरिएको आन्दोलन निर्णायक हुने उनीहरुले बताएका छन् । जेठ १६ गतेबाट रोकिएको फोहोर काठमाडौं उपत्यकाका चोकचोकमा थुप्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group