काठमाडौँ, २६ जेठ । काठमाडौं महानगरपालिकाले आज बिहीबार फोहोरका गाडी ल्याण्डफिल साइट पठाएको छैन् । बिहीबार बिहान केही स्थानमा फोहोर उठाइए पनि सुरक्षा प्रत्याभूति नभएको भन्दै महानगरपालिकाले फोहोरका गाडी नपठाएको हो ।
बुधबार ल्याण्डफिल्ड साइटका स्थानीयले फोहोर लिएर गएका गाडी तोडफोड गरेपछि महानगरपालिका बिहीबार हच्किएको हो । बुधबारको झडपमा प्रहरीहरू समेत घाइते भएका थिए भने गाडीहरू फोहोर नफाली फर्किएका थिए । थप सुरक्षा व्यवस्था गरेर मात्रै फोहोरका गाडी पठाउने वा अन्य व्यवस्था गर्ने भन्ने विषय छलफल भइरहेको बुझिएको छ ।
शहरी विकास मन्त्रालयको रोहबरमा गत सोमबार काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरूबीच सहमति भएपछि गत मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जनको काम थालिएको थियो । तर, आफूहरू बिना गरेको सहमति नमान्ने भन्दै स्थानीय संघर्ष समितिमा आवद्ध ब्यक्तिहरूले विरोध जारी राखेका हुन् ।
प्रतिक्रिया दिनुहोस्