ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीसी क्रिकेट विश्वकप लिग टू : नेपाल ओमानसँग १३ रनले पराजित


एबीसी / संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार   ११ : ५९   बजे

काठमाडौँ, २७ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ । अमेरिकाको पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल २ बल अघि नै १९८ रनमा अलआउट भयो ।

करण केसीको ५ विकेट र आसिफ शेखको अर्धशतकका बावजुत पनि नेपालले खेल जित्न सकेन । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६६ रन बनाए । यस्तै देब खनालले ३४, उपकप्तान रोहित पौडेलले २०, दीपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र यसै खेलबाट ओडीआईमा डेब्यु गरेका सुनिल धमलाले १२ रन जोडे । करण केसी ८, सुबास खकुरेल ३ र कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए । ओमानका लागि कप्तान जिनस मक्सुद र खाँवर अलीले ३-३ तथा बिलाल खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले कप्तान जिसन मक्सुदको शतकमा पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।

८६ रनमा ५ विकेट गुमाएरपछि मक्सुदले एक छेउबाट इनिङ्स सम्हाल्दै अन्तिमसम्म क्रिजमा टिकेर अविजित १०४ रन बनाए । १२६ बल खेलेका उनले १२ चौका प्रहार गरे । यस्तै खाँवर अलीले ३० र आयन खानले २७ रन जोडे । नेपालका लागि बलिङमा करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।
कप्तान सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले शनिवार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu