ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी सेनाका लागि इन्डो प्यासिफिक क्षेत्र महत्वपूर्ण –जनरल फ्लिन


एबीसी / संवाददाता
२९ जेष्ठ २०७९, आइतबार   ७ : ५६   बजे

काठमाडौं, २९ जेठ ।  फ्लिनले प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्मासँग भेटेर नेपाली सेनासँग अझ सहकार्य बढाउन चाहेको बताएका छन् । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चाल्र्स ए फ्लिनले अमेरिकी सेनाका लागि इन्डो प्यासिफिक क्षेत्र महत्वपूर्ण रहेको बताएका छन्।

काठमाडौँको कान्तिपथस्थित फोरा दरबारमा अमेरिकी दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै फ्लिनले इन्डो प्यासिफिक क्षेत्रको शान्ति, स्थिरता र समृद्धिका लागि अमेरिकी सेनाले नेपाल लगायत मुलुकसँग सहकार्य गर्न चाहेको बताए। अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रका भारत लगायत मुलुकसँग रणनीतिक सम्बन्ध विस्तार गर्दै आएको छ, खासगरी उसको प्रतिस्पर्धी चीनलाई काउन्टर गर्नका लागि। त्यसका लागि अमेरिकाले इन्डो प्यासिफिक रणनीति अघि सारेको छ। दक्षिण एसियाकै बंगलादेशले उक्त रणनीतिमा सहभागी हुन नसक्ने बताइसकेको छ। भारतले चाहीँ उसको आफ्नै नेतृत्वको इन्डो प्यासिफिक रणनीति हुनुपर्ने र त्यसमा अमेरिकाले साथ दिनुपर्ने बताउँदै आएको छ। पाकिस्तान र श्रीलंका सहितका देशले पनि इन्डो प्यासिफिक रणनीतिमा सहभागिताबारे अमेरिकी आग्रहमा मौनता जनाइरहेका छन्। तत्कालीन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको सन् २०१८ डिसेम्बरमा भएको अमेरिका भ्रमणमा अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रमा नेपालको केन्द्रीय भूमिका चाहेको पहिलोपटक सार्वजनिक भएको थियो।

उक्त इन्डो प्यासिफिक रणनीतिमा नेपाललाई सहभागी गराउन अमेरिकाले नेपाली सेनासँग स्टेट पार्टनरसिप कार्यक्रम अघि बढाउन चाहेको छ। उक्त कार्यक्रममा नेपाली सेनालाई सामेल गराउन एक समझदारीपत्रमा हस्ताक्षरका लागि अमेरिकी सेनाले प्रस्ताव गरेको लामो समय भैसक्यो। तर नेपाली सेनाले प्रस्तावबारे सार्वजनिक रुपमा केही बताएको छैन।

प्रधानमन्त्री तथा रक्षामन्त्री शेर बहादुर देउवा र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको आसन्न अमेरिका भ्रमणअघि नेपालको चार दिने भ्रमणमा आएका जनरल फ्लिनले शनिबार फोरा दरबारमा नेपाली सेनालाई सहयोग जारी राख्ने दोहोर्याए। त्यसक्रममा उनले नेपाली सेनाको व्यवसायिक छविको प्रशंशा पनि गरे। छलफलमा सहभागी एक नेपाली सुरक्षा विज्ञका अनुसार फ्निले नेपाली सेनासँगको लामो समय देखिको सम्बन्धलाई अमेरिकी सेनाले थप विस्तार गर्न चाहेको बताए।‘विश्व शान्तिका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सहकार्य सुदृढ गर्नुपर्छ’, फ्निको भनाइ उधृत गर्दै उनले भने।बिहीबार नेपाल भ्रमणमा आएका अमेरिकी सेनाका बरिष्ठ अधिकारी फ्लिनले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्मासँग भेटेर नेपाली सेनासँग अझ सहकार्य बढाउन चाहेको बताएका थिए।अमेरिकी सेनाका उच्च अधिकारी फ्लिनले आइतबार पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित स्टाफ कलेजमा सैनिक विद्यार्थीलाई प्रवचन दिने कार्यक्रम छ। उनी आइतबार नै स्वदेश फर्किने नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu