काठमाडौँ, ३० जेठ । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले दर्ता गराएको स्थगनको प्रस्तावमाथि छलफल भइरहेको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ जना सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न माग गर्दै दर्ता गाराउनु भएको स्थगनको प्रस्तावमाथि सांसदहरुले आ-आफ्ना धारणा राखिरहेका छन् । किसानले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको प्रस्ताव राखेको हो ।
प्रस्तावमाथिको छलफल स्वीकृत भएमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुनेछ ।
प्रतिक्रिया दिनुहोस्