ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले नेता भीम रावल सरकारमाथि खनिए


एबीसी / संवाददाता
३० जेष्ठ २०७९, सोमबार   २ : १२   बजे

काठमाडौँ, ३० जेठ । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैन्य गठबन्धनमा सामेल हुन खोजेको आरोप लगाउनुभएको छ ।

सोमबार भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको छ। उहाँले निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गरेको बताउदै अहिले अमेरिकाले पैसा दियो भनेर सैन्य गठबन्धनमा सामेल हुन खोजेको उल्लेख गर्नुभयो। आर्थिक सहयोगका नाममा कसैले पनि कुनै देशलाई सामरिक रुपमा धकेल्न नहुने भन्दै उहाँले प्रधानमन्त्रीको अमेरिकी भ्रमणका विषयमा बुझ्न संसदीय समितिमा बोलाउन समेत माग गर्नुभयो ।

एमालेकै अर्का सांसद नारदमुनि रानाले विगतमा राजाको हातमा सत्ता बुझाएको इतिहास रहेको भन्दै अहिले शासन सत्ता सेनालाई बुझाउन खोजिएको हो भन्ने प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री पत्नी आरजु राणा भारत जानु र अमेरिकी सेनाको एशिया प्यासिफिक कमाण्डका प्रमुख जेनरल चाल्र्स ए फ्लिन नेपाल आउनु संयोग मात्र हो कि के हो भनेर प्रश्न समेत गर्नुभएको छ । मुलुकको परराष्ट्र नीति र गतिविधि हेर्दा सरकार स्वयंले संविधानको पालना नगरेको भन्दै उहाँले युक्रेनका विषयमा बोलेर नेपालले ठिक नगरेको पनि बताउनुभयो । अर्का एमाले सांसद मोहन बानियाँले नेपालमा पाँच हजार अमेरिकी सेना गुप्त रुपमा बसेको दावी गर्नुभएको छ। उहाँले ५५ अर्बको लोभमा एमसीसी भित्र्याएर मुलुकलाई ध्वस्त पार्न खोजिएको आरोप लगाउनुभयो । परराष्ट्र नीति सम्बन्धमा गरिएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का भने उपस्थित हुनु भएन् ।

बजेटमाथि उठेका जवाफ दिनुपर्ने भएकाले उपस्थित हुन असमर्थ रहेको जानकारी मन्त्री खड्काले गराएको सभापति पवित्रा निरौला खरेलले जानकारी गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu