काठमाडौँ, २ असार । एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएका छन् । कतार एअरलाइन्सबाट नेपाली टोली बिहीबार नेपाल आईपुगेका हुन् ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले स्वागत गरेका छन् । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्केपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर अलमुताईरी भने आफ्नो घर कुवेतमै बसेका हुन् । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको नेपालले दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ ले पराजित भएको थियो ।
तेस्रो तथा अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७-० को भारी अन्तरले पराजित हुन पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्