ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यालय धितो राखेर ३ अर्ब ऋण लिंदै आयल निगम


एबीसी / संवाददाता
१४ असार २०७९, मंगलबार   १० : ३८   बजे

काठमाडौं, १४ असार ।  नेपाल आयल निगमले भारतीय आयल निगमलाई इन्धन खरिदको रकम भुक्तानी गर्न आफ्नै मूख्यालय धितो राख्ने अनुमति पाएको छ ।निगमको हालको टेकुस्थित मुख्यालयको सबै जग्गा धितोमा राखेर ३ अर्ब रुपैयाँ ऋण लिन मंगलबार अर्थ मन्त्रालयमा सहमति भएको हो ।अर्थ मन्त्रालय स्रोतकाअनुसार टेकुको २९ रोपनी जग्गा राष्ट्रिय वाणिज्य बैंकमा धितो राख्ने र त्यसमा अर्थ मन्त्रालय जमानी बस्ने सहमति भएको हो ।धितोबापत तत्काल ३ अर्ब ऋण निगमलाई उपलब्ध गराउन अर्थ मन्त्रालयले बाणिज्य बैंकलाई निर्देशन समेत दिएको छ ।

बुधबार नै निगमले जग्गा धितो राखेर ऋण लिने सम्बन्धी प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।यस्तै निगमले भ्याट फिर्ता बापतको अर्थ मन्त्रालयसँग पाउनुपर्ने ५ अर्ब रुपैयाँ पनि तत्काल उपलब्ध गराउन अर्थ मन्त्रालय सहमत भएको छ ।अर्थमन्त्री जर्नादन शर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडू सहभागी बैठकमा अर्थ, उद्योग र वाणिज्य सचिव, योजना आयोगका उपाध्यक्ष र निगमका कार्यकारीको निर्देशक सहभागी थिए ।बैठकमा वाणिज्य तथा आपूर्ति मन्त्री बडूले निगमले घटाएको मूल्य बापतको कर घटाइदिन र मासिक १० अर्ब रुपैयाँको घाटाको शोधभर्नाका लागि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिनासम्म) ४९ अर्ब ५० करोड रुपैयाँ घाटामा रहेको निगमले जनाएको छ । इन्धन खरिद गरेवापत असार २ गतेसम्म भारतीय आयल निगमलाई बुझाउनुपर्ने बक्यौता २२ अर्ब रहेको निगमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu