ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन दुर्व्यवहारका आरोपीलाई दिएको नियुक्तिले बोरिस जोन्सनको सत्ता संकटमा


एबीसी / संवाददाता
२२ असार २०७९, बुधबार   ९ : ५३   बजे

काठमाडौं । मन्त्री र सहयोगीहहरुले एकपछि अर्को गर्दै राजीनामा दिन थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्ता संकटमा परेको छ ।मन्त्रीहरुले प्रधानमन्त्री जोन्सनको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउँदै राजीनामा गरेपछि उनी संकटमा परेको बीबीसीले जनाएको छ ।
मंगलबार मात्रै अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएका थिए । १० मिनेटभित्र दुई जना मन्त्रीले नै जोनसनलाई राजीनामा बुझाएपछि अरु केही कनिष्ट मन्त्री र जोन्सनका सहयोगीले पनि राजीनामा दिएका छन् ।

ऋषि र साजिद दुवै जनाले जोन्सनको चर्को आलोचना गरेका छन् । जावेदले प्रधानमन्त्री जोन्सनले राष्ट्रिय हित विपरीत काम गरेको भन्दै उनको नेतृत्वको आलोचना गरेका छन् । जावेदले जोन्सनको बचाउमा रहेका मन्त्रीहरुप्रति लक्षित गर्दै भनेका छन् ‘इनफ इज इनफ’ । गलत सूचनाका आधारमा उनीहरु प्रधानमन्त्रीको रक्षामा उत्रिएको उनको आरोप छ ।

यस्तै सुनकले सरकारले उचित, सुयोग्य र गम्भीर रूपमा काम गरोस् भन्ने सर्वसाधारणको अपेक्षा भएको तर उक्त काम प्रधान्त्रीले नगरेको आरोप लगाएका छन् । विपक्षी दलका नेताहरूले अरू मन्त्रीहरुलाई सुनक र जाविद झै पदबाट राजीनामा दिन आग्रह गरेका छन् । जोन्सनमाथिको संकटको कारण यौन दुर्व्यवहारको घटना सहयोगीहरु जोन्सनविरुद्ध उभिनुको कारण छ उनले गरेको नियुक्ति र नियुक्ति पाउने व्यक्तिमाथिको आरोप । त्यो नियुक्ती पाउने व्यक्ति थिए सत्तारुढ दल कन्जर्भेटिव पार्टीका सांसद क्रिस पिन्चर । जसलाई गत फेब्रुअरीमा जोन्सनले पार्टीको उपप्रमुख नियुक्त गरेका थिए ।

उनै पिन्चरको बारेमा बेलायती पत्रिका द सनले ३० जुनमा एउटा समाचार छापेको थियो । जसमा पिन्चरले निजी क्लबमा दुई जना पुरुषलाई आपत्तिजनक तरिकाले छोएको दाबी गरिएको थियो ।द सनमा समाचार आउने वित्तिकै पिन्चरले राजीनामा दिएका थिए । तर मामिला यत्तिकैमा साम्य भएन बेलायतकै अन्य पत्रिकाले पिन्चरका बारेमा अरु समाचार प्रकाशित गरे । जसअनुसार पिन्चरले कम्तिमा पनि ६ जनामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । पिन्चर यौन दुर्व्यवहारमा संलग्न रहेको आरोपसहितका समाचार आउन थालेपछि पार्टीले उनलाई निलम्बन नै गरेको छ ।

पिन्चरले आफूमाथि लागेको आरोपबारे छानबिन गर्न माग गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाए ।जोन्सले पिन्चरलाई नियुक्ति दिएकोमा माफी मागे । उनले पिन्चरलाई नियुक्ती दिने बेलामा उनीमाथि लागेका आरोपबारे आफूलाई जानकारी नभएको बताए ।

तर ४ जुलाईमा प्रधानमन्त्रीका प्रवक्ताले जोन्सनले पिन्चरका बारेमा लागेका आरोपबारे पूर्व जानकारी हुँदा हुँदै नियुक्ति दिएको बताए । सन् २०१९-२० मा पिन्चरको विरूद्धमा एउटा औपचारिक उजुरी आएको थियो । त्यो उजुरीपछि त्यतिबेला विदेशमन्त्री रहेका पिन्चरमाथि अनुशासनको कारबाही पनि भएको थियो । यो सबै खुलासा भइसकेपछि जोन्सनको विरोधमा उनको दलका नेता मात्र होइन, मन्त्रीहरु नै उत्रिए र धमाधम राजीनामा दिएका हुन् । एउटा यौन दुर्व्यवहारको आरोपीलाई नियुक्ती दिने जोन्सनको कार्यशैली र उनको सरकारमाथि भरोसा नभएको उनीहरुको भनाइ छ ।

पिन्चरको काण्ड सार्वजनिक भएसँगै जोन्सनले कोरोना महामारी जारी रहँदा लकडाउनको नियम तोडेर पार्टी आयोजना गरेको लगायतका विगतमा गरेका गल्ती र कमजोरीलाई लिएर फेरि आलोचन हुन थालेको छ । अब के होला त ?

बोरिस जोन्सनविरुद्ध एक महिना अघि आएको अविश्वास प्रस्ताव असफल भएको थियो । त्यसैले जोन्सनका आलोचक अब नेतृत्व परिवर्तनको माग गर्न थालेका छन् । त्यसले जोन्सनले राजीनामा गर्ने वा चुनाव घोषणा गर्ने बाटो खुल्ला छ । विपक्षी दल लेबर पार्टीका नेता किर स्टार्मरले कन्जर्भेटिभ सरकार ढल्न लागेको भन्दै तत्काल मध्यावधी चुनाव घोषणा गरे पनि आफूहरुलाई मान्य हुने बताएका छन् ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu