ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंकाली राष्ट्रपतिले बुझाएनन् राजीनामा


एबीसी / संवाददाता
३० असार २०७९, बिहिबार   ११ : ५६   बजे

काठमाडौं, ३० असार । श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्षले अहिलेसम्म आफ्नो पदबाट राजीनामा दिएका छैनन्। उनले यसअघि बुधबार राजीनामा दिने घोषणा गरेका थिए। तर,म्याद सकिनुभन्दा एक दिनअघि नै उनी माल्दिभ्स भागेका थिए। राजपाक्षको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। तर, विपक्षीहरुले भने विक्रमासिंघेको नियुक्तिमा प्रश्न उठाएका छन्।
विपक्षी दलका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सजित प्रेमदासले विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्तिलाई तमासाको संज्ञा दिएका छन्।

उनले पहिले एक सिटका सांसदलाई देशको प्रधानमन्त्री बनाएर अहिले सोही व्यक्तिलाई कार्यवाहक राष्ट्रपति बनाइएको बताए। सजिथ प्रेमदासाले यो लोकतन्त्रको राजपाक्ष शैली भएको बताए। विक्रमासिङ्घेले श्रीलंकाको अवस्थालाई सम्हाल्न सेना र प्रहरीलाई निर्देशन दिएका छन्। बुधबार राति टेलिभिजन सम्बोधन गर्दै उनले प्रदर्शनकारीलाई प्रधानमन्त्री कार्यालय र राष्ट्रपति भवन छाड्न अपिल पनि गरेका छन्।विक्रमासिंघेले भने, “हामी संविधानको अवहेलना गर्न सक्दैनौं। हामी फासीवादीहरूलाई देश दिन सक्दैनौं। हामीले लोकतन्त्रमाथिको यो फासीवादी खतरालाई अन्त्य गर्नुपर्छ।”प्रदर्शनकारीले बुधबार प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका थिए। यसअघि उनीहरुले राष्ट्रपति भवन पनि कब्जा गरेका थिए। राजपाक्षले बुधबार देश छोडेको खबर आएपछि कोलम्बोमा प्रदर्शनकारी थप आक्रोशित बनेका थिए। श्रीलंकामा बुधबार रातिदेखि कर्फ्यु लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu