ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत्‌गृह भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु


एबीसी / संवाददाता
३१ असार २०७९, शुक्रबार   ८ : ०८   बजे

काठमाडौं, ३१ असार । जुम्लाको हिमा गाउँपालिका १ स्थित भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्‌गृह भत्किँदा चौकीदार गोरखबहादुर रावतका श्रीमतीसहित दुई छोराको मृत्यु भएको छ । एक्कासी बिजुली बन्द भएपछि विद्युत्‌गृहमा विद्युत्‌को अवस्था बुझ्न गएका उनीहरूको पुरिएर मृत्यु भएको होे ।

गएराति साढे २ बजेतिर विद्युत् गृह भत्किएको प्रहरीचौकी बड्कीले जनाएको छ । मृत्यु हुनेहरूमा ३० वर्षीया विमला रावत र उनका छोराहरू ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेका छन् । प्रहरी चौकी बड्कीका अनुसार एक्कासी बिजुली बन्द भएको र राति बत्ती किन गयो भनेर हेर्न जाँदा घर भाँसिएको थियो । उनीहरू तीनै जना आयोजनाको पावर हाउसभित्र सुतिरहेका थिए । प्रहरी चौकी बड्कीका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरीको टोली राति नै घटनास्थलमा पुगेको थियो । शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको प्रहरी चौकी बड्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ८२३ शव भेटिए, ३२ जनाको मात्रै सनाखत

भोटेकोसी बाढीपछि काभ्रेका ४१ जना अझै सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu