ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफैँले जन्माएको सरकारले डुबाएका प्रधानन्यायाधीश


एबीसी / संवाददाता
३१ असार २०७९, शुक्रबार   १२ : ४५   बजे

काठमाडौं, ३१ असार । सर्वोच्च अदालतको परमादेशले जन्मिएको सरकार गठनको १ वर्ष पूरा भएको छ ।प्रधानमन्त्री चुन्ने प्रतिनिधिसभा सदस्यको संवैधानिक अधिकार र प्रधानमन्त्री नियुक्ति गर्ने राष्ट्रपतिको संवैधानिक अधिकार समेत खोसेर संवैधानिक व्यवस्था विपरीत रिट निवेदनमा माग गरिएको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न सर्वोच्चले गतवर्ष परमादेश जारी गरेको थियो ।

तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दुईवटै प्रतिनिधिसा विघटन बदर गरेर परमादेशको सरकार गठन गरेको भारी बोकिरहेका न्यायाधीशहरू मध्येका एकजना अहिले आफैँले जन्माएको सरकारले लगाएको महाअभियोग झेलिरहनुभएको छ ।गत फागुण १ गते सत्ता गठबन्धनकै ९८ जना सासंसदहरूले संसद सचिवालयमा राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरे । ३ महिनामा टुङ्गो लगाउनुपर्ने महाअभियोय प्रस्ताव ५ महिनासम्म अघि बढ्न सकेको छैन ।महाअभियोग प्रस्ताव छानविन गर्न छानविन समिति गठन गरे पनि सत्ता गठबन्धनकै सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव छानविनको लागि समितिमा पठाएका छ्र्रनन् । पारित नै नहुने महाअभियोग संसदमा दर्ता गराएको आरोप लगाउने नेकपा एमाले महाअभियोगको विषय टुङ्गो लगाउन दबाव दिइरहँदा सरकार भने राणाको कार्यकालको समायावधिसम्म लम्ब्याउने पक्षमा देखिएको छ ।

सरकार गठन भएको ८८ दिनपछि प्रधानमन्त्री देउवाले विस्तार गरेको मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भन्दै राणाको राजीनामा माग गरी बहालवाल न्यायाधीशसहित सम्पूर्ण न्यायिक वृतनै आन्दोलनमा उत्रियो ।आफूले जन्माएको सरकारको बलमा थोरै पनि नहच्किएका राणा त्यही सरकारको स्वार्थका कारण निलम्बनमा परे । कानून व्यवसायीले पटक–पटक महाअभियोग प्रक्रिया अघि बढाउन हार गुहार गर्दा पनि बेवास्ता गरेको त्यहि सरकारले पछि भने प्रस्ताव दर्ता गर्यो । ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता विजयकुमार गच्छादार देउवा प्रधानमन्त्री नियुक्ति हुनेबित्तिकै अदालत उपस्थित हुनु र अदालतले धरौटीमा रिहा गर्नुले पनि न्यायापालिकालाई एकप्रकारले सरकारले कब्जा गरेको पुष्टि हुन्छ ।

अदालतको परमादेशले सरकार गठन पश्चात न्यायापालिका विवादित मात्र बनेन, अदालतमा विकृति विसंगति झनै मौलाएको छ । न्यायालयले नै जन्माएको सरकारनै अहिले न्यायालयको छवि धुलीसात हुनुको प्रमुख कारण बनेको छ । गठबन्धन सरकारले नै नियुक्त गरेको महान्यायधिवक्ता खम्बहादुर खातीले बलात्कार जस्तो जघन्य अपराधमा मुद्दा कमजोर बनाउन गरेको चलखेल, आफ्नै दाजुलाई चुनाव जिताउन गरेको सत्ताको दुरुपयोग, संसदमा बेवारिसे बनेको प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग यसको ज्वलन्त उदाहरण हुन् । न्यायालयको वैशाखी टेकेर बनेको सरकारले आफूलाई न्याय दिनेमाथि अन्याय गर्नु विडम्बनापूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group