ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भयो : अध्यक्ष नेपाल


एबीसी / संवाददाता
३१ असार २०७९, शुक्रबार   ६ : ५०   बजे

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्ध गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गरेका हुन् ।

उनले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताएका थिए । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरूको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको उनले बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी अध्यक्ष नेपालको थियो ।

‘हामीले एमसीसीलाई पनि यथास्थितिमा पास हुन दिएनौं । व्याख्यात्मकसँग जोड्यौं । इण्डोप्यासिफिकको अंग हुन्छ भने अस्वीकार गर्छौं भन्यौँ । यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ ? व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती क्याम्पमा जान थाले । सरकारी गाडी अघि पछि घुमाउन थाले । नेपालको भूमिमा छिमेकी देशलाई संवेदनशील बनाएर काम हुनथाल्यो, उनले भने, एसपीपी केपी ओली प्रधानमन्त्री भएकै बेला ल्याइएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्ध भयो, थाहा छैन ?’

प्रदेश र संघीय निर्वाचनको मिति कुनै पनि समयमा घोषणा हुनसक्ने नेपालको भनाइ थियो । उनले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए । ‘जुन मंसिर महिनाको २ गते निर्वाचन भन्ने कुरा बाहिर आएको छ तर हामीले भनिसकेका छैनौं । तर अनुमान के छ भने संसदको अधिवेशन सकिनेबित्तिकै ४ महिनाअघि चुनावको मिति घोषणा गर्नुपर्ने भएको हुनाले मंसिरभन्दा पर जाने सम्भावना नभएको हुनाले चुनावको मिति कुनैपनि बेलामा घोषणा हुनसक्छ, उनले भने, त्यो तयारीमा अहिलेबाट नै जुट्नुस् । अब तुरुन्तै चुनावको मिति घोषणा हुनसक्ने भएकोले प्रत्येक जिल्लाजिल्लामा नेताहरूको केन्द्रिकरण होस् ।’

नेपालले प्रमुख प्रतिपक्षी एमालेलाई प्रहार नगर्न पनि कार्यकर्ताहरूलाई भनेका छन् । उनले आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहार नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उचित नभएको बताए । ‘अहिले निर्वाचनको परिणामले एउटा सन्देश दिएको छ । त्यो सन्देश भनेको एमालेभित्र हामी एउटा हैसियत भएको शक्ति थियौँ भन्ने हो । यत्रो ठूलो पंक्तिलाई बेवास्ता गर्दा सबैभन्दा धेरै नोक्शान एमालेलाई नै भएको छ,ु उनले भने, ुपार्टीलाई उचाईमा पुर्योउने क्षमता हामीमा छ । राष्ट्रिय राजनीतिमा हाबी हुनसक्ने खुबी हामीमा छ । अहिले एमालेले हामीमाथि धेरै प्रहार गरिरहेका छैनन् । हामीले पनि प्रहार गर्नुहुँदैन । राष्ट्रिय राजनीतिमा भएको हाम्रो हैसियतबाट निराश हुनुपर्ने अवस्था छैन ।’

एकीकृत समाजवादीमा जनतामाझ राम्रो छवी भएका नेताहरू रहेको र त्यसको उदाहरण पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा देखिएको नेपालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu