ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका नेपालको राजनीति प्रयोग गरेर चीनलाई कमजोर पार्न चाहन्छ : नारायणकाजी


एबीसी / संवाददाता
३२ असार २०७९, शनिबार   ५ : २९   बजे

काठमाडौं, ३२ असार। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चीनलाई कमजोर पार्न अमेरिकाले नेपालको भूमि र राजनीतिलाई प्रयोग गर्न चाहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था ? चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले तीन ठूला शक्ति राष्ट्रले नेपालमा के चाहन्छ भन्ने प्रश्न उठाए ।

दक्षिणी छिमेकी भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रका रुपमा लिन चाहेको उनले बताए । माओवादी केन्द्रका नेता श्रेष्ठले अघि भने, ‘चीनले महाशक्ति बन्ने यात्रामा व्यवधान गर्ने शक्तिहरु नेपाल भएर फ्रि तिब्बतको मुद्दा लिएर होस् वा नेपालको भूमि प्रयोग गरेर होस् वा नेपालको सत्तालाई प्रयोग गरेर होस् वा नेपालको राजनीतिलाई प्रयोग गरेर चीन विरोधी थलोका रुपमा नेपाल हुन नपाओस् भनेर हेर्छ ।’अमेरिकाले भने नेपाली भूमि वा राजनीतिलाई प्रयोग गरेर चीनलाई कमजोर पार्न खोजेको श्रेष्ठले बताए ।

‘अहिलेको विश्व परिवेशमा आफ्नो खस्किँदै गरेको महाशक्ति भूमिकालाई कायम राख्न चीनलाई कमजोर पार्न नेपालको भूमि र नेपालको राजनीतिलाई कमजोर पार्न चाहन्छ,’ उनले अमेरिकाबारे भने, ‘नेपालमा अहिले पनि जनमतको हिसाबले अग्रस्थानमा रहेको वामपन्थी आन्दोलनलाई क्षतविक्षत बनाउन चाहन्छ ।’

यसलाई चिर्ने ठीक नीति र व्यवहार नै आजको आवश्यकता भएको माओवादी केन्द्रका नेता श्रेष्ठले बताए । तर अहिले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिमा विचलन त भइरहेको छैन भन्ने प्रश्न उठेको उनले बताए । श्रेष्ठले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि दलहरु र राजनीतिक नेतृत्वले चार काम गर्नुपर्ने बताए । उनले भने, ‘चुनाव लड्न वा पार्टी चलाउन कुनै पनि विदेशी पार्टी वा शक्तिसँग पैसा लिने काम बन्द गर्नुपर्छ । ठूलो कुरा गरेर कसैले पनि हुँदैन ।’ चुनाव जित्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा रष्ट्रिय बजेट भन्दा बाहिर विदेशीसँग सहयोग माग्ने र लिने काम बन्द गर्नुपर्ने उनले बताए । ‘आफ्नो छोराछोरी, नातेदार वा भोट बैंक भएका कार्यकर्तालाई छात्रवृत्ति दिलाइदेऊ भनेर दूतावास गुहार्ने काम बन्द गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘सत्ता प्राप्त गर्नका निम्ति विदेशी हस्तक्षेप स्वीकार गर्ने वा आमन्त्रण गर्न बन्द गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu