ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थका प्राविधिकले फुटेज छैन भनेपछि समितिले मगायो सिसिटिभी फुटेज रिस्टोर  हुने सफ्टवेयर


एबीसी / संवाददाता
२ श्रावण २०७९, सोमबार   १२ : ०१   बजे

काठमाडौं, २  साउन  । संसदीय छानबिन समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिस्टोर  हुने सफ्टवेयर मगाएको छ। समितिको सिंहदरबारमा बस्ने बैठकमा प्राविधिक बोलाएर सफ्टवेयरमा भएका फुटेज हेर्न लागिएको समितिका एक सांसदले बताए।

आइतबार समितिको टोली अर्थ मन्त्रालय जाँदा अर्थका प्राविधिकहरूले फुटेज नभएको जानकारी दिएका थिए। अर्थका प्राविधिकले पटक-पटक हामीसँग क्षमता छैन भन्नेबाहेक केही जवाफ दिएनन्। उनीहरूले केही जवाफ नदिएपछि हामीले सफ्टवेयर मगाएका हौं,ती सांसदले भने,अहिलेसम्म डिलिट गरिसके अथवा नदिएका हुन् भनेर हामीले हेर्दैछौं। १२ देखि १५ दिनभन्दा धेरै समयको फुटेज राख्ने क्षमता छैन भनेर समेत भनेका छन्।

गृह मन्त्रालयको नियमावलीमा तीन महिनासम्म सिसिटिभी फुटेज राख्नुपर्ने प्रावधान भए पनि अर्थले त्यस अनुसार रिस्टोर नगरेको समितिका अर्का एक सांसदले बताए।जेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको समितिले आइतबार छलफल गरेको हो। यसैबीच समितिले शनिबारदेखि अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरू गरेको छ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu