काठमाडौँ, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले आज बयान लिँदैछ ।हिजो समय नपुगेका कारण आज बिहान साढे ८ बजे बयान लिने कार्यक्रम रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् ।आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दायर हेरफेर गरेको आरोपमाथि शर्मासँग जवाफ माग गरिनेछ ।
समितिले छानबिन थालेको दशौँ दिन अर्थात् कार्यादेशको अन्तिम दिन निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्न लागेको हो । दश दिनमा निष्कर्षमा पुग्न नसकिने भएपछि समितिको समय ७ दिन थप्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्