काठमाडौं, ५ माघ । कोपा डेल रे फुटबल खेलमा रियल मड्रिडले लेगानेजलाई १ शून्य गोलअन्तरले पराजित गरेको छ ।
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना मैदानमा उत्रेको रियल विजयी भएको छ । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियाल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको घरेलु मैदानमा हराएको हो ।
खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले खेल सकिन एक मिनेट मात्रै बा“की हु“दा निर्णायक गोल गरे । जितपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यो जित जारी सिजनको लागि टर्निङ प्वाईन्ट हुने बताए । रियालको खराब समय सकिएको जिकीर उनको छ ।
रियाल मड्रिड र लेगानेजविचको क्वाटरफाईनल दोस्रो लेगको खेल जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ । क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्केलो र करिम बेन्जीमा जस्ता स्टार खेलाडी विना मैदानमा उत्रिएको रियल मड्रिडलाई जितको लागि भने निकै संघर्ष गर्नुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस्