ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमलामाईका मेयर पोख्रेलले अलोकतान्त्रिक गतिविधि गरेको भन्दै कार्यपालिका बैठक बहिस्कार


एबीसी / संवाददाता
११ श्रावण २०७९, बुधबार   १ : २९   बजे

काठमाडौं, ११ साउन ।  कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोख्रेलले छलछामको राजनीति गरेको आरोप लगाउँदै कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेका छन् । बुधवारका लागि बोलाइएको बैठक दुई तिहाइ सदस्यहरूले बहिस्कार गरेका हुन् ।प्रमुख कुमार पोखरेलले कर्मचारी परिचालन गरी छलछामको नीति अवलम्बन गरी कार्यपालिकाले गरेको नगरको निकासी कर सम्बन्धी ठेक्का ६० लाख १ हजारमा लगाउने र कमला माध्यमिक विद्यालय कमलामाई नगरपालिका–४ ढुङग्रेवासमा कार्यरत शिक्षक डा।हरि पोखरेललाई जनज्योति माध्यमिक विद्यालय कमलामाई नगरपालिका–५ फोस्रेटारमा काज सरुवा गर्ने निर्णय गरेको गरेकोमा बैठक पुस्तिकामा टाँस गरेको वडा नंं ७ का वडा अध्यक्ष कर्णबहादुर घिसिङले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

उक्त विषयमा छलफल गर्नको लागी पुन कार्यपालिका बैठक वस्नु पर्ने कानुनी व्यवस्था भए तापनि नगरप्रमुख पोखरेलले कार्यपालिका सदस्यहरूसँग सरसल्लाह नगरी, एकलौटी तवरबाट बैठक बोलाएको उक्त बैठक प्रारम्भ हुनु अगावै नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा जिल्ला बाहिर भएको अवस्थामा मिति २०७९ साल साउन ११ गतेको कार्यपालिकाको बैठक मिति २०७९ साल साउन १२ गतेका लागी बैठक आव्हान गर्न आग्रह गर्दा समेत नगरप्रमुख पोखरेलले अटेर गरी एकलौटी ढङ्गले अगाडी बढ्न खोजेपछि हामी नेकपा एमालेबाट कार्यपालिकामा प्रतिनिधित्व गर्ने सम्पूर्ण कार्यपालिका सदस्यहरूले मिति २०७९ साल साउन ११ गतेको कार्यपालिका बैठक बहिष्कार गरेको उहाँले जानकारी दिनुभयो ।

जनताको सेवा गर्न जनताबाट अनुमोदित हामी जनप्रतिनिधि लोकतान्त्रिक अभ्यासको पूर्ण पालना गरी जनताको सेवामा समर्पित रहँदै आएको र रहने छौँ विज्ञप्तिमा भनिएको छ । यस लोकतान्त्रिक अभ्यासबाट विचलित भई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले लोकतान्त्रिक प्रक्रियाबाट भाग्दै मनोमानी ढङ्गबाट अगाडी बढ्न खोजेको प्रति आपत्ति जनाउँदै सुशासन र विधिको शासन कायम गर्न हामी कार्यपालिका सदस्यहरूले माग गरेका छन् ।

नगरप्रमुख पोखरेलले कार्यपालिले गरेको निर्णय कार्यान्वयन नगरेसम्म हामी तपसिलका कार्यपालिका सदस्यहरू बैठकमा सहभागी नहुने बताएका छन् । कार्यपालिकाको बैठक उपप्रमुख देवकोटा वडा नं। ३ का वडा अध्यक्ष खड्ग प्रसाद चौलागाई, वडा नं ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङ, वडा नं. ८ का वडा अध्यक्ष कोमल कुमार श्रेष्ठ, वडा नं. ११ का वडा अध्यक्ष रामबहादुर थिङ, वडा नं। १२ का वडा अध्यक्ष निमबहादुर गुर्मछान, वडा नं। १३ का वडा अध्यक्ष केशरबहादुर कार्की, वडा नं. १४ का वडा अध्यक्ष राजन न्यौपाने, कार्यपालिका सदस्यहरू मानबहादुर नेपाली, राजन बहादुर भुजेल, ।उमा वि।क।, जमुना श्रेष्ठ, धनमाया श्रेष्ठ , शिवकुमारी रायमाझी, भद्रिमाया हायु र देवी देवकोटाले बैठक बहिस्कार गर्नु भएको हो ।

नगरप्रमुख पोख्रेलले गैर जिम्मेवार तरिकाले जवाफ दिदै आएको भन्दै कर्ण बहादुर घिसिङले पोख्रेलले छलछामको राजनीति नगर्न अनुरोध गर्नुभयो । कार्यपालिकाका निर्णय कार्यन्वयन नगर्ने अनि गैर जिम्मेवार ढङ्गबाट अघि नबढ्न पनि आग्रह गर्नुभयो । नगरप्रमुखले विवाद बढाउने भन्दा पनि छलफलका माध्यमबाट समस्या समाधान गर्न तर्फ लाग्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group