ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना महामारीको चौथो लहर : साउनयता कोरोनाबाट १५ जनाको मृत्यु, खोप नलाएका ११ जना


एबीसी / संवाददाता
१५ श्रावण २०७९, आइतबार   ९ : २४   बजे

काठमाडौ, १५ साउन । आइतबार ६२० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । यो साउन यता कोरोना संक्रमणबाट भएको १५ औं व्यक्तिको मृत्यु हो । कोरोना महामारीको चौथो लहरसँगै संक्रमितको संख्या मात्र होइन, गम्भीर विरामीको संख्या र मृत्यु पनि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ साउनमा देशभरमा गरी १८ जना आईसीयूमा उपचाररत थिए । १४ साउनमा यो संख्या बढेर ३३ पुगेको छ र ४ जना भेन्टिलेटरमा छन् । खोप नलगाएका र जटिल दीर्घरोग भएका मानिस कोरोना संक्रमणपछि अस्पतालमा भर्ना गर्नु परेको पाइएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार १ साउनयता १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १५ जनामध्ये ११ जनाले कोरोना विरुद्धको खोप नलगाएको पाइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । खोप लगाएकाहरु पनि धेरै क्यान्सर, मिर्गौला तथा दीर्घरोगबाट ग्रसित भएका थिए । ‘खोप लगाएका मानिसमा पहिला नै कुनै न कुनै रोग प्रतिरोधात्मक क्षमता कम गर्ने दीर्घरोगी छन्’, उनले भने, ‘साउनयता मृत्यु भएका अधिकांश मानिसले खोप लगाएका छैनन् ।’

८ साउनमा मृत्यु भएका ७५ वर्षका पुरुषले खोप त लगाएका थिए, तर उनी मिर्गौलाका बिरामी थिए । ११ र १३ साउनमा मृत्यु भएका ६६ बर्षका पुरुष र ७९ बर्षका पुरुष दीर्घरोगी थिए भने १४ साउनमा मृत्यु भएकी ७४ बर्षकी महिला क्यान्सबाट ग्रसित थिइन् । अरु ११ जनाले एक मात्रा पनि खोप नलगाएको पाइएको छ । ‘कोरोना संक्रमणसँगै मृत्युदर पनि बढ्दो छ । खोप नलगाएका मानिसलाई कोरोना संक्रमणले बढी जटिलता ल्याएको र मृत्युदर उच्च भएको पाइएको छ,’ सहप्रवक्ता डा. अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group