ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिपुलेक, लिम्पियाधुरालाई नेपालको नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपर्योः अध्यक्ष ओली


एबीसी / संवाददाता
१६ श्रावण २०७९, सोमबार   ९ : ४५   बजे

काठमाडौं, १६ साउन ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)  का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेबापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन्।

अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नु परेको बताएका हुन्।

सोमबार काठमाडौंमा आयोजित डा। द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उनले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसै अनुसार प्रधानमन्त्रीत्व गुमाउनु पुगेको बताए।

ओलीले नाकाबन्दी सदाका लागि अन्त्य गरेबापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउन परेको उल्लेख गरे।

‘लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नेपालको भू(भाग, त्यो नेपालको भूभाग हो। हामी अर्घेंल्याई गर्न चाहँदैनौं। मैले भनें–राष्ट्रिय हित गर्दाखेरी अन्यायपूर्ण ढंगले राष्ट्रको पक्षमा अन्यायपूर्ण दाबी गर्न सकिदैन, गर्नु हुँदैन। न्यायोचित मात्रै दाबी गर्नु पर्दछ। र, त्यो लिम्पियाधुरा, लिपुलेक, कालापानी, जो १८१६ जनवरीमा सम्झौता भएर मार्चमा त्यो कार्यान्वयन भइसकेको सुगौली सन्धिले महाकालीको उद्गमस्थलको पूर्वपट्टिको भू(भाग नेपालको हो भनेर भनिसकेपछि यसमा विवादको विषय नै हुन सक्दैन,’ उनले भने।

उनले अगाडि भने, ‘तर कहिलेबाट छोडियो रु नेपालको नक्शाबाट त्यो भूभाग हटाईयो । पहिले त्यो भूभाग थियो, पछि हटाइयो। हटाइएको रहेछ–इतिहास खोज्दै जाँदा। त्यसलाई सामेल गरेपछि त्यतिबेला पनि मलाई थाहा थियो। अब यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ। र, मैले प्रधानमन्त्रीबाट हटनुपर्छ। त्यो कुरा थाहा थियो। र, नभन्दै हटनु पर्‍यो पनि। त्यसमा पनि मलाई प्रधानमन्त्रीबाट हटनु परेकोमा पीर छैन। तर देश जता जाँदैछ, जता लगिँदैछ। त्यस कुरामा पीर छ।’

उनले प्रधानमन्त्री पद गुमाउनु पर्दा आफूलाई कति पनि पीर नलागेको तर सत्तामुखी भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको प्रतिक्रिया समेत दिए।

उनले सत्तामुखी भएर राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम नगर्न पनि सत्तारूढ दलहरूलाई पटकरपटक सचेत गराए। त्यस अवसरमा उनले २०२६ सालमा दक्षिण छिमेकीको १७ वटा सैन्य पोष्टहरू उत्तरी सीमानामा राख्ने मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा भएको सम्झौता हटाउने काम गरेबापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराए।

अध्यक्ष ओलीले पूर्वजहरूले ज्यान लिएर जोगाएको देशलाई हामीले रक्षा गर्न अडेमात्रै पुग्ने टिप्पणी समेत दोहोर्‍याए।मुलुकको राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि पूर्वजहरूले ज्यान दिएरलडे, हामीले अडेमात्रै पनि पुग्ने उनको भनाइ थियो। ओलीले एमसिसी सम्झौतालाई राष्ट्रिय बहसमा लैजानका लागि आफूले संसदमा पेस गर्ने पनि त्यसलाई अनर्थ लगाइएको भन्दै गुनासो समेत गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group