ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताइवानबाट अमेरिकी सभामुख फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान


एबीसी / संवाददाता
१९ श्रावण २०७९, बिहिबार   ९ : १६   बजे

काठमाडौं,  १९  साउन ।अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमा वरपर सैन्य अभ्यास सुरू गरेको छ।

पेलोसीको भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यासको घोषणा गरेको बिबीसीले जनाएको छ।बिहीबारदेखि सुरू हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गमा समेत हुनेछन्। त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारी समेत हुनेछ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीटमार्फत सैन्य अभियान सुरू गरेको जानकारी गराएका हुन्।

‘पीएलए (चिनियाँ जनमुक्ति सेना) ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ। चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा दृढताका साथ गर्दछ,’ उनले भनेका छन्। चीनको विरोधबीच आफ्नो छोटो भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी ताइवानबाट फर्किसकेकी छन्।

पलोसीले राजधानी ताइपेईमा राष्ट्रपतिसहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।एउटा स्वशासित टापु ताइवानलाई चीनले आफ्नो भुभाग भएको दाबी गर्दै आएको छ।

यसैबीच चीनका विदेशमन्त्री वाङ यीले बुधबार एक विज्ञप्ति जारी गर्दै आगोसँग खेल्नेहरूको अन्त्य सुखद नहुने र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने चेतावनी दिएका छन्।

अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लङ्घन गरिरहेको चीनले आरोप लगाएको छ।यसैबीच समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको स्पष्ट पारेको छ।

चिनियाँ लडाकु विमानलाई चेतावनी दिन आफूहरूले पनि लडाकु विमान उडाउनु परेको ताइवानले दाबी गरेको छ।ताइवानले जहाजहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ। छिमेकी जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्तासमेत गरिरहेको बताएको छ।

यसैबीच जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास सुरू गर्नु जायज नभएको टिप्पणी गरेको बीबीसीले जनाएको छ।जी सेभेनका देशहरु क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका विदेश मन्त्रीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै चीनको बढ्दो तनावले यो क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको सचेत गराएका छन्। एक विधायकले ताइवानको भ्रमण गर्नु सामान्य विषय भएकाले चीनले यसलाई उचालेर सैन्य अभ्यास र आक्रमणको धम्की दिनु उचित नभएको उनीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu