ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ दिने भ्रमणका लागि प्रचण्ड जापानमा : यस्ता छन् कार्यक्रमहरु


एबीसी / संवाददाता
२१ श्रावण २०७९, शनिबार   ८ : ०९   बजे

जापान, २१ साउन । पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ५ दिने भ्रमणका लागि जापान आइपुगेका छन्।साउन २१ देखि २५ गते अर्थात् अगस्ट ६ देखि १० तारिखसम्म जापान भ्रमणका लागि उनी स्थानीय समयानुसार शनिबार बिहान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमण दलका चार सदस्यीयसहित यहाँ आएका हुन्। नेपाली जनप्रगतिशील मञ्च (जापान) को निमन्त्रणामा जापान आएका पूर्वप्रधानमन्त्री प्रचण्डसहितको भ्रमण टोलीलाई मञ्चका अध्यक्ष भवानी पन्त, जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीसहितका नेपालीले विमानस्थलमा स्वागत गरे। विमानस्थलमा स्वागत गर्नेहरूमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोविन्द श्रेष्ठ, भूषण घिमिरे, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, मञ्चका पदाधिकारी, मञ्चका केन्द्रीय समितिका सदस्य, विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण नेपाली थिए।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आरए ४३३ नम्बरको जहाजबाट आइपुगेका प्रचण्ड जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।हालसम्म सार्वजनिक भएका कार्यक्रममध्ये प्रचण्डले शनिबारै जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिबल फुकुओकाको उद्घाटन गर्ने छन्।

त्यसैगरी अगस्ट ६ मा हिरोसिमामा घटना भएको ७५ वर्ष पूरा हुने ऐतिहासिक क्षेत्रमा आइतबार प्रचण्डले भ्रमण गर्नेछन्। सोही दिन नै नेपाली जनप्रगतिशील मञ्च ९जापान० को आयोजनामा टोकियोमा हुने नेपालीबीच ‘समृद्ध नेपालको आधार ः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक खुला अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। जापानमा रहँदा प्रचण्डले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम छ। आधुनिक कृषि प्रणालीको विकासबारे समेत फिल्डमै पुगेर हेर्ने समेत कार्यक्रम रहेको बताइएको छ।

आफ्नो जापान भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्ने भने नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीच विश्वास र सहकार्य बढ्ने विश्वास प्रचण्डले लिएका छन्।  साउन २५ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group