ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले ढाल्न प्रचण्ड र माधव कांग्रेसको बींड बने : अध्यक्ष ओली


एबीसी / संवाददाता
२१ श्रावण २०७९, शनिबार   ८ : ४९   बजे

काठमाडौं, २१ साउन ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेसरुपी बञ्चरोको बिँडको संज्ञा दिनु भएको छ । दाहाल र नेपालले आफ्नो पार्टीलाई ढाल्नका लागि काँग्रेसको बिँड बनेको अध्यक्ष ओलीको आरोप थियो । पार्टीको प्रदेश कमिटी १ ले शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले २३ सिटमा खुम्चिएको काँग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था भएपनि दाहाल–नेपालले मुलुकबाट बामपन्थी शक्ति सिध्याउने गरी काँग्रेसलाई साथ दिएको जिकीर समेत गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘संघ निर्वाचन र प्रदेशसभाको निर्वाचन मंसीरमा एकैचोटी हुँदैछ । बञ्चरो लिएर ढाँल्न थालेछन एउटा रुख काटेर । वरतिर, परतिरको रुखहरु बर्बर आँशु झारेर रुन थालेछ । अनि अरु रुखहरुले सोधे–किन यसरी आँशु खसाएर रोएको ? आखिर ढल्नु त छदैछ, मर्नु त छँदैछ ।

अव ८ अर्व वर्षपछि केही विचमा भएन भने, केही विचमै भयो भने त ध्वस्त भईहाल्छ । बीचमा केही पनि भएन भने पनि २३ सिटमा पु¥याएको काँग्रेसले हामीतिर लडने त होइन, लडने कुरा छाडिदिउ, सोझो हेर्ने अवस्था पनि थिएन । यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिष्ट सरकार ढालीपाउ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुन । काँग्रेसको बिँड हेर्नुस्त कस्ता छन ? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन । के–के नामका छन ? बञ्चरोले मात्रै रुख ढाल्न सक्दैसक्दैन ।

माओवादी र माधव नेपालका पछि लागेकालाई काँग्रेसको बिड नभई आफ्नो पार्टी आउन आग्रह गर्दछु । काँग्रेसको बिँड भएर कम्युनिष्ट आन्दोलनलाई ढाल्दैजाने र समाजवाद निर्माण गर्ने भूलभूलैयामा नफस्नुस । बामपन्थी आन्दोलन सफल पारौं ।’ओलीले आफ्नो पार्टीलाई देश बनाउनका लागि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत चाहिएको पनि दोहो¥याउनु भयो । । मुलुकको शान्ति, समृद्धि र विकास आफ्नो पार्टीले मात्रै गर्न सक्ने दावी गर्दै उहाँले त्यसका लागि निर्वाचनमा बहुमत ल्याउने गरी चुनावको तयारी गर्न पनि पार्टीको सिंगो पंक्तिलाई सचेत गराउनु भयो ।अध्यक्ष ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भडुवा भएको आरोप लगाउँदै सतर्क रहन पनि सबैलाई आग्रह गर्नु भयो । विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा चाहिदैन भनेर स्वतन्त्र भनिएकाहरुले देश बिगार्न लागेको उहाँको जिकीर थियो ।

ओलीले पार्टीविना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरुले देश चलाउन नसक्ने तर्क समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘बेलायतमा पार्टी चाहिन्छ । फ्रान्समा चाहिन्छ, चीनमा चाहिन्छ । जापानमा चाहिन्छ, भारतमा चाहिन्छ । पाकिस्तानमा पार्टी चाहिन्छ । जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि । यहाँ चाँही फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन । एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा होला । स्वतन्त्रले मेचीको जनताको भावना, महाकालीका जनताको भावना र आवश्यक्ता, राष्ट्रिय विचार, राष्ट्रियभाव, राष्ट्रको विकासको अभियान चलाउन सक्छ ? अव एउटा पत्रकार नचाहिने नचाहिने काम ग¥यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गरेको छ । सरम लाग्नुपर्ने हो । यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भडुवाहरुको तरिका हो । यसबाट सतर्क हुनुपर्छ । ’त्यस अवसरमा ओलीले न्यायको आधारमा विश्व सम्बन्ध कायम हुनुपर्ने स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group