ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको पार्टी आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ला ?


एबीसी / संवाददाता
२६ श्रावण २०७९, बिहिबार   ९ : ३२   बजे

काठमाडौं २६ साउन । नेकपा एमालेबाट अलग भएर पार्टी गठन भएको १६ महिनामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले संसदीय चुनावको सामना गर्नु पर्दा पार्टीको ह्रैसियत के होला भन्ने चिन्ता बढेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावबाट राष्ट्रिय पार्टी बन्ने एकीकृत समाजवादीको लक्ष्य हुनु सामान्य भए पनि त्यतित्तकै चुनौति देखाएको छ हालै सम्पन्न स्थानीय निर्वाचनले । यो लक्ष्य चुनौतीपूर्ण रहेको स्वीकार गरेर नै अध्यक्ष नेपालले समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिइरहेका छन्।
पार्टीको आन्तरिक भेला तथा प्रशिक्षणमा नेपालले भन्ने गरेका छन्, ‘गठबन्धन भनेर त्यसमा मात्रै निर्भर नहुनुस्। समानुपातिक तर्फको मत बढाउनु पर्ने चुनौती हामीलाई छ। जनतालाई कलम चिन्हमा मतदानको निम्ति आकर्षित गर्नुस्।’
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा राष्ट्रिय दलको मान्यताबारे प्रावधान छ। त्यस प्रावधानअनुसार राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत मत कटाउनु पर्ने कानुनी व्यवस्था छ ।

एकीकृत समाजवादीलाई राष्ट्रिय दल बनाउने गरी पार्टी पंक्तिलाई परिचालन गर्ने काम भइरहेको महासचिव बेदुराम भुसालले बताएका छन् ।
‘प्रतिनिधि सभाको निर्वाचनमार्फत् एकीकृत समाजवादीलाई राष्ट्रिय दल बनाउन हामीले संगठनलाई परिचालन गरिरहेका छौं।जनवर्गीय संगठनलाई क्रियाशील राखेका छौं। समानुपातिकतर्फ मत अधिकतम् संकलन गर्ने हिसाबले प्रशिक्षणका काम भइरहेका छन्,’ भुसालले भने । तर पनि स्थानीय निर्वाचनको मत परिणामले नेपालको पार्टीलाई झस्काएको छ ।
स्थानीय चुनावमा एकीकृत समाजवादीको कति मत ?

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा एकीकृत समाजवादीको लोकप्रिय मत ३.६६ प्रतिशत छ। वडाध्यक्षमा खसेको सदर मत १ करोड १५ लाख ४ हजार ३८ मतमध्ये एकीकृत समाजवादीका उम्मेदवारले ४ लाख २२ हजार ७ सय ३७ मत पाएका छन्।
एकीकृत समाजवादीले देशभरि २ हजार ४१ वडामा उम्मेदवारी दिएको थियो। तीमध्ये १ सय ९० वडामा उसका उम्मेदवारले अध्यक्ष जितेका छन्। एकीकृत समाजवादीले सबैभन्दा धेरै मत मधेस प्रदेशमा पाएको छ। मधेसमा ७ सय ९ वडाध्यक्षमा उम्मेदवारी दिँदा ८० वडाध्यक्ष समाजवादीबाट विजयी भएका छन्। मधेसमा समाजवादीका वडाध्यक्ष उम्मेदवारले १ लाख ५८ हजार १ सय १ मत ल्याएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने आफ्नो पार्टीले ९ लाख बढी मत ल्याएको हावादारी भाषण गरिरहेको पनि सुनिन्छ ।
‘स्थानीय तहमा अरूबाट पनि मत पाएकाकाले आफ्नो पार्टीको मात्रै मत तीन लाख रहेको सचिव रामकुमारी झांक्रीले बताएकी छन् । पछिल्ला दिनमा झांक्री र नेपालका बीचमा दूरी मात्र बढेको छैन, आरोप प्रत्यारोप नै बढेको देखिएको छ । उनी मन्त्रीबाट हट्नुपर्दा समेत रोएर विचित्र दृश्य देखाएकी थिइन्।

स्थानीय चुनावमा एकीकृत समाजवादीले झन्डै दुई तिहाइ वडामा उम्मेदवारी दिएको थिएन। देशव्यापी संगठन भएको एमालेबाट छुट्टिएर बनेको पार्टी भएकाले एकीकृत समाजवादीका मतदाता देशैभरि छन्। उम्मेदवारी नदिएका वडामा आफ्नो मत अरू दललाई गएकाले लोकप्रिय मत बढ्ने एकीकृत समाजवादीको दाबी छ।
एमालेले पनि एकीकृत समाजवादीका कारण आफ्नो पार्टीको करिब पाँच लाख मत खोसिएको दाबी गर्दै आएको छ। प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा थप क्षति हुन नदिनका निम्ति एकीकृत समाजवादीबाट कार्यकर्ता तान्ने प्रयत्न एमालेले जारी राखेको छ।

एमालेले एकीकृत समाजवादीका जनवर्गीय तथा भ्रातृ संगठनबाट कार्यकर्ता तान्ने प्रयत्न गरिरहेको छ भने प्रतिनिधि सभामा टिकट दिने आश्वासन दिएर अहिलेका सांसदलाई पनि भित्र्याउन खोजिरहेको छ। चुनावअघि एकीकृत समाजवादीका सांसद एमालेमा फर्किए भने आगामी चुनावमा राष्ट्रिय पार्टी बन्न एकीकृत समाजवादीलाई चुनौती थपिने देखिन्छ।
राष्ट्रिय आवश्यकताका लागि एकीकृत समाजवादी गठन भएको हो। हाम्रा अघि केही चुनौती छन्। सबैको सामाना गर्दै हामी राष्ट्रिय दलको हैसियत प्राप्त गरेरै छोड्छौं,’ एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले भने।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झन्डै १ करोड ८२ लाख मतदाता छन्। राष्ट्रिय दल बन्न मतदानको दिन खसेको मतमध्ये कुल सदर मतको तीन प्रतिशत मत एकीकृत समाजवादीलाई आवश्यक पर्छ।
गएको स्थानीय निर्वाचनमा नेकाले ३४ प्रतिशत, एमालेले ३३ प्रतिशत र माओवादी केन्द्रले १३ प्रतिशत मत ल्याएको छ । राप्रपाले देशभर झण्डै ४ प्रतिशत मत ल्याएको छ भने जसपा र लोसपालाई समेत थ्रेस होल्ड कटाउने चिन्त छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group