ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा एकैदिन २ लाख ५० हजार सङ्क्रमित, २ सय ५१ जनाको मृत्यु


एबीसी / संवाददाता
२६ श्रावण २०७९, बिहिबार   १ : २८   बजे

काठमाडौं, २६ साउन ।  जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् ।

अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो ।

यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप दू्रत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा यो उपप्रजाति दू्रत गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरुले जनाएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ ।

जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमितहरु भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu