ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनमा सहमति भएपनि वाम गठबन्धनको ढोका खुला छ – झलनाथ खनाल, सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)


एबीसी / संवाददाता
२७ श्रावण २०७९, शुक्रबार   १२ : ०९   बजे

काठमाडौं, २७ साउन ।  सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वाम गठबन्धनको ढोका अझै खुला रहेको बताएका छन् । उनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने सहमति भइसकेपछि पनि वामपन्थीहरुबीच कार्यगत एकताको पहल गर्न सकिने बताएका हुन् । एबीसी टेलिभिजनको विशेष अन्तवार्ता कार्यक्रम ‘आउटलूक’ मा उनले अहिलेको सत्ता गठबन्धन नेतृत्वको सरकारप्रति चरम् असन्तुष्टि समेत पोखे ।

नेता खनालले भने, “स्थानीय तह निर्वाचनको प्राप्त भ्रमपूर्ण परिणामले कसैलाई जुरुक्कै उचालेको त, कसैलाई पछारेको छ । उनीहरुको दुइटै सिङ भाचिन्छ । पा“च दलीय गठबन्धनमा यति मत पाएँ भनेर घमण्ड गर्ने औचित्य देख्दिनँ ।” यही कुराको आधारमा तालमेल हुनै नसक्ने दाबी समेत उनले गरे । “यसरी तालमेल गर्न खोज्यौं भने तालमेल हुदै, हुँदैन । म अहिले ठोकेर भन्छु । २०७४ को चुनावमा जे परिणाम छ, त्यो यथार्थ हो”, उनले भने । अबको युग समाजवादी क्रान्तीको युग भएकाले वामपन्थी मिलेर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले यसका लागि नेताहरुले गम्भिरतापूर्वक सक्रियता देखाउनपर्ने बताए । वाम पार्टीको एकताको सम्भावना एकदमै कम भएपनि असम्भव नभएको भन्दै उनले गम्भिर मतभिन्नताका बाबजुद पनि कांग्रेससँग एकता गर्न मिल्ने र कमल थापासँग गठबन्धन गर्ने एमाले पनि वाम गठबन्धनका लागि सकारात्मक बन्नुपर्ने धारणा उनको छ । यसका लागि व्यक्तिगत आग्रह, पूर्वाग्रह र बदलाको भावनाले काम गरिरहेको चर्चा उनले गरे ।

उनले भने, “केही दिनअघि केपी ओलीसँग त मेरो जम्का भेट पनि भयो । स्वास्थ्यको खबर, हाइ, हेल्लो भयो । तर, त्यो केही रेस्पोन्स भएन । त्यसैले यो महसुस भएकाहरुबीच मिलेर जाउँ भन्ने हो ।” वाम आन्दोलन निकै चुनौतीपूर्ण अवस्थामा रहेकोले यसलाई बुद्धिमतापर्र्वक अवसरमा पनि बदल्न सकिने उनले बताए । कम्युनिष्ट आन्दोलनमा चुनौती र अवसर पनि रहेको भन्दै उनले जाने श्रीखण्ड र नजाने खुर्पाको बीड भन्ने प्रसंग जोडे । वाम पोलिटिकल पार्टीले राम्रोसँग बुद्धि पु¥याएर एउटै स्टन्टमा उभिए उनीहरुको आफ्नै शक्ति सिमन्टेट हुने आश्यकता पर्दा अझ निकट हुने र यसले पार्टी एकीकरणको समभावनाको ढोका मात्रै खोल्ने होइन कि, उत्तर र दक्षिणतिरको शक्तिको बार्गेनिङ पावर पनि बढ्ने खनालले उल्लेख गरे । एमाले एक्र्ल लडेपनि बहुमत नआउने उनले भने । यसले राष्ट्रिय हितमा समेत बल पुग्ने उनले बताए । विगतमा नेकपाको बहुमत सरकारले पनि राष्ट्रहितमा संवेदनशीलता नदेखाएको र एमसीसीका सम्बन्धमा ओली सरकार पनि संलग्न रहेको उनले बताए । “अगाडिको सरकारले पनि राष्ट्रियताको मामिलामा अडान लिन सकेन ।

राती राती गुप्तचर भेटघाट, त्यसैले त्यो बेला विद्रोह भयो । गठबन्धनको सरकार बन्यो । देशले राजदूत नियुक्ति गर्ने शिलशिलामा पश्चिमा देशको सबै गर्दा चीनको लामो समय राजदूत नियुक्ति गरिएन । ढिलाइ भइरह्यो । युक्रेन घटनामा भारत र चीन नबोलेकै अवस्थामा नेपालले बोल्न हतार गरेको उनले बताए । यी लगायत अमेरिकाको प्रस्तवमा खुसी पार्ने ढंगबाट सहमति जनाउनु बेठीक रहेपनि यही ढंगबाट नेतृत्व अघि बढिरहनुपर्ने अवस्था भएको उनको भनाइ छ । उनले आगामी चुनावमा केही दिन अघि बालुवाटारमा तालमेल गर्ने सहमति भएको र यसका लागि कार्यदल बनाएर भदौको पहिलो हप्तासम्म टुंगो लगाउने कुरा भएको बताए । तर,यसलाई सकरी कार्यान्वयन गर्ने र टुंगोमा पु¥याउने भन्नेबारे छलफल भइरहेको उनको भनाइ छ ।

 

https://www.facebook.com/abctelevision/videos/745477840046607

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu