ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा नदी किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह


एबीसी / संवाददाता
२९ श्रावण २०७९, आइतबार   ७ : ३३   बजे

काठमाडौं, २९ साउन। काठमाडौं उपत्यकामा गएराति ठूलो पानी परेको छ । मनोहरा, गोदावरी, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज बिहान ५ बजे जारी गरेको सूचना अनुुसार सबै नदीमा जलसतह बढ्दो छ । यद्यपि मनोहरामा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्ने अनुमान विभागले गरेको छ । अहिले भने काठमाडौंमा पानी पर्न रोकिएको छ तर अझै केही घण्टा नदी किनारको सडकमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे अध्यावधिक गरेको मौसमी बुलेटिनमा लेखिए अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आज राति भने प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ ।

यद्यपि आगामी ३ दिनसम्म नेपालका प्रमुख नदीहरुको जलसतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu