ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–भट्टराई सहमतिनजिक : एउटै चिह्न, एउटै घोषणापत्र


एबीसी / संवाददाता
२९ श्रावण २०७९, आइतबार   २ : ४८   बजे

काठमाडौं, २९ साउन ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई निर्वाचनपछि समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिह्न र घोषणापत्रसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमतिनजिक पुगेका छन् । दुवै दलले आ–आफ्नो पार्टीमा छलफल गरेर यसलाई औपचारिक रूपमा टुंग्याउने गृहकार्य भइरहेको नेताहरूले बताएका छन् ।

दाहालले नेपाल समाजवादी पार्टीसँग साझा चुनाव चिह्न र घोषणापत्रमा निर्वाचन लड्ने सहमति भएको र आ–आफ्नो पार्टीमा सहमति जुटाएर औपचारिक रूपमा टुंग्याउन लागिएको ‘ब्रिफिङ’ निकट नेताहरूसँग गरेका छन् । यो र अन्य विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डले पार्टी स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । साझा चुनाव चिह्नका लागि निवेदन दिने विषय टुंगिन बाँकी रहेकाले माओवादी केन्द्र र नेपाल समाजवादी पाटीले अझै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छैनन् ।

अध्यक्ष प्रचण्डले निकट नेताहरूलाई बताएअनुसार एक–दुई दिनै संयुक्त चिह्नमा निर्वाचन लड्न निर्वाचन आयोगमा निवेदन दिने तयारी छ । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ । मंसिर ४ मा प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन हुँदै छ । ०७४ मा एमाले र माओवादी केन्द्रले पछि पार्टी एकता गर्ने सहमतिसहित वाम गठबन्धन बनाएर आ–आफ्नो दलको चिह्नमा निर्वाचन लडेका थिए ।

माओवादी नेता वर्षमान पुनले भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी साझा चुनाव चिह्नमा निर्वाचन लड्न करिब सहमत भएको बताए । ‘बाबुरामजीहरू माओवादीकै चुनाव चिह्नबाट चुनाव लड्ने कुरा करिब–करिब टुंगो लागेको छ,’ पुनले भने, ‘औपचारिक निर्णयका लागि आ–आफ्नो पार्टीको बैठकमा छलफल गर्न बाँकी छ । उहाँहरूको तहमा करिब टुंगो लागेको हो । हाम्रो तहमा पनि त्रंकिट गर्छौं ।’ निर्वाचन आयोगबाट मान्यता पाएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न भने आँखा छ । भट्टराईले नयाँ शक्ति पार्टी बनाउँदा पनि चुनाव चिह्न आँखा राखेका थिए ।

माओवादीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूह भने दाहालको यस कदमबाट असन्तुष्ट छ । नेताहरूका अनुसार श्रेष्ठ समूहबाहेक माओवादीका अधिकांश नेता कार्यकर्ता भट्टराई माओवादीमा फर्किऊन् भन्ने चाहन्छन् । उनी माओवादीमा नफर्के पनि साझा चुनाव चिह्नबाट चुनाव लड्न तयार भएका हुन् । अर्कातर्फ हाल राष्ट्रिय सभा सदस्य रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ राजीनामा दिएर गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । गोरखामा श्रेष्ठ र भट्टराईको निर्वाचन क्षेत्र एउटै हो । भट्टराई पनि गोरखाबाटै चुनाव लड्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu