ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतालाई महँगीको भूमरी : ३ पटकसम्म मूल्य घट्दा इन्धनको भाउ घटेन


एबीसी / संवाददाता
३१ श्रावण २०७९, मंगलबार   १० : ५६   बजे

काठमाडौं, ३१ साउन । खरिद लागतमा उल्लेख्य गिरावट आउँदा पनि नेपाल आयल निगमले इन्धनको उपभोक्ता मूल्य नघटाउने भएको छ ।२० असारयता डिजेल र पेट्रोलमा मात्रै खरिद लागत एक लिटरमा ३४ रुपैयाँ घटेको छ । मंगलबार मात्र भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । लगातार तेस्रो पटक मूल्य घटेर आएपनि निगमले भने आईओसीलाई तिर्नुपर्ने वक्यौता र ऋण देखाएर उपभोक्ता मूल्य नघटाउने बताएको छ ।
‘निगमको आर्थिक भार उच्च भएका कारण तत्काल मूल्य घटाउने निर्णय गर्न सकिएन’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने, ‘निगम अझै भारतीय आयल कर्पोरेसन (आईओसी) को २३ अर्ब र सरकार तथा वाणिज्य बैंकको १० करोड गरी ३३ अर्ब रुपैयाँ आर्थिक भारमा छ ।

’ निगम गत वर्ष ५० अर्ब घाटामा जाँदा वित्तीय अवस्थामा समस्या रहेको भन्दै थानीले तत्काल मूल्य समायोजन हुन नसक्ने बताए । लगातार इन्धनको खरिद लागत घट्ने र नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ मूल्य महँगो हुँदा पनि उपभोक्तालाई महँगो मूल्यको पासोमा राखिनु गलत भएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । चाडपर्वको मुखमा इन्धनको मूल्य घटाएर उपभोक्तालाई महँगीबाट बचाउन सरकार अनुदार देखिएको उनीहरुको आरोप छ ।नेपाल आयल निगमले गत असार २० गते अन्तिम पटक इन्धनको मूल्यवृद्धि गरेर भाउ समायोजन गरेको थियो । उक्त समायोजनपछि खुद्रा बिक्री मूल्य डिजेल–मट्टितेलको १७२ रुपैयाँ प्रतिलिटर र पेट्रोलको मूल्य १८१ रुपैयाँ पुगेको थियो ।त्यसयता इन्धनको खरिद मूल्य लगातार तीन पटक घटेको छ, तर निगमले मूल्य भने घटाएको छैन ।२० असारमा डिजेलको खरिद लागत प्रतिलिटर २१० रुपैयाँ ६१ पैसा थियो, तर ३१ साउनमा आइपुग्दा १७६ रुपैयाँ ५० पैसा आइपुगेको छ । अर्थात ३४ रुपैयाँ ११ पैसा घट्यो ।

पेट्रोलको २११ रुपैयाँ ११ पैसा थियो, जसमा ३४ रुपैयाँ ८५ पैसा घटेर १७६ रुपैयाँ २६ पैसा भएको छ । मट्टितेलमा १९ रुपैयाँ ४ पैसा र खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डरमा ७२ रुपैयाँ २ पैसाले घटेको छ ।मटितेलमा १६८ रुपैयाँ ९७ पैसाबाट घटेर १४९ रुपैयाँ ९३ पैसामा झरेको छ ।

खाना पकाउने ग्यासको लागत प्रतिसिलिण्डर २ हजार ३७१ रुपैयाँ ७८ पैसाबाट घटेर २ हजार २९९ रुपैयाँ ५८ पैसामा आइपुगेको छ । निगमलाई अहिले आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ६० रुपैयाँ ४५ पैसा र बाह्यतर्फ प्रतिलिटर ८८ रुपैयाँ नाफा छ ।

यसअवधिमा निगमको अनुमानित मासिक घाटा पनि ४ अर्ब बाट घटेर ६२ करोडमा झरेको छ ।तर नियमले घाटा देखाएर उपभोक्ता मूल्य नघटाउनु जनताप्रति बेइमानी भएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ निगमले स्वचालित मूल्य प्रणालीमा बेइमानी भएको बताए । खेलको नियम बनाउने, तर पालना नगरेर जनतालाई महँगीको भूमरीमा हाल्ने काम भएको उनको आरोप छ ।‘तीन पटकसम्म मूल्य घट्दा पनि उपभोक्ता मूल्य नघटाउनु नागरिकप्रतिको बेइमानी हो,’ बानियाँले भने ‘यसमा सरकार पनि जिम्मेवार छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu