ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरु आ–आफ्नै दाबीसहित चुनावी रणनीतिमा (भिडियोसहित)


एबीसी / संवाददाता
१ भदौ २०७९, बुधबार   १२ : १७   बजे

काठमाडौं, १ भदौ  ।मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरु चुनावी तयारीमा जुटेका छन् । सत्ता गठबन्धनमा दलहरुबीच सिट बाँडफाँटका लागि मोडालिटी बनाउन निरन्तर छलफल हुदै आएको छ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बाट डा. बाबुराम भट्टराई र वामदेव गौतम चुनाव लड्ने भएपछि गठबन्धनमा यस विषयमा थप छलफल भएको छ ।

पाँच दलीय सत्ता गठबन्धनमा आगामी संघीय निर्वाचनमा सिट बाँडफाँटका बनेको कार्यदलमा निरन्तर छलफल चल्दै आएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटोभन्दा छिटो कार्य गर्न कार्यदललाई निर्देशन दिएका छन् । कार्यदलले पनि यही तहमा सहमति जुटाएर नेतृत्व तहमा प्रतिवेदन बुझाउने बताएको छ । यसअघि गठबन्धनको नेतृत्व गरेको कांग्रेसले गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार बनाउने भन्दै आएपनि मंगलबार बालुवाटारमा बसेको कार्यदल बैठकमा २०७४ साल र गएको स्थानीय तहको निर्वाचन मतपरिणाम दुवैलाई आधार मान्ने सहमति जुट्यो । प्रधानमन्त्री देउवाले गठबन्धनमा अन्याय सिट बाँडफाँटमा अन्याय नहुने बताए । कांग्रेसले स्थानीय जनप्रतिनिधिलाई चुनाव केन्द्रीत दुई दिने अभिमुखीकरण कार्यक्रम ग¥यो । कांग्रेसले भदौ १० देखि २४ गतेसम्म देशका ७७ वटै जिल्लामा चुनाव केन्द्रीत कार्यक्रम गर्दैछ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्र हसियाँ हथौडाबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई संघीय निर्वाचन लड्दैछन् । माओवादीबाट अलग भएका भट्टराइले २०७३ सालमा नयाँ शक्ति पार्टी गठन गरेका थिए भने चुनाव चिन्ह आँखाबाठ २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चुनाव जितेका थिए । पूर्व माओवादी नेता भट्टराईले २०६४ सालमा गोरखा क्षेत्र नम्बर २ र २०७० सालमा गोरखा क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई फेरी पुरानै पार्टी माओवादीको चुनाव चिन्हबाट यो पटक लड्दैछन् । यसैगरी पूर्व एमाले नेता वामदेव गौतम पनि माओवादी केन्द्रकै चुनाव चिन्हबाट आगामी चुनावमा प्रतिस्पर्धा गर्दैछन् । माओवादीको मंगलबार बसेको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई पार्टीको चुनाव चिन्ह प्रदान गर्ने स्वीकृति ग¥यो । भट्टराईको नेपाल समाजवादी पार्टी र गौतमको नेकपा एमता राष्ट्रिय अभियान पार्टी माओवादीबाट चुनाव लड्ने विषय सत्ता गठबन्धनमा पनि छलफल भएको छ । यस विषयमा विभिन्न शर्तहरु भएकाले माओवादीको स्थायी कमिटी बैठक बुधबार फेरी बस्ने पापर्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आगामी निर्वाचनको तयारीमा तीव्र जुटेको छ । एमाले सचेतक विशाल भट्टराईले प्रतिनिधिसभामा एमाले एक्लै लडे ३९ सिट जित्ने दाबी गरेका छन् । उनका अनुसार आगामी निर्वाचनमा समानुपातिसहित एमालेले ८० सिटको हाराहारीमा जित्नेछ । पछिल्लो समय राजधानीमा आयोजित एक कार्यक्रममा उनले १६५ प्रत्यक्ष तर्फमध्ये एमाले ३९ सिट जित्ने र ७० मा कडा प्रतिस्पर्धा हुने बताएका हुन् । पछिल्लो समय गठबन्धनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक अभिव्यक्ति दिएपनि यो पटक वाम गठबन्धनको मौका फुत्किसकेको छ । यो समय नेपाली कांग्रेस वा सत्ता गठबन्धनका दलहरुलाई रोष प्रकट गरेरै समय व्यतित गरे एमाले झनै खस्कने छ । आफ्नै शक्ति र संगठनको बलमा आगामी चुनावी तयारीमा रहेको एमाले प्रतिपक्षमा रहेका साना दलहरुसँग गठबन्धन गर्न सक्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकोप्रति मधेसवादी दलहरु असन्तुष्ट छन् । यो प्रकरणमा प्रतिपक्षी दल एमालेको भूमिका खेलेको आरोप राष्ट्रपतिमाथि लागेको छ । एमालेसँग नजिक जस्तो देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतानित्तक समाजवादी पार्टीले पनि राष्ट्रपतिको यो कदमको आलोचना गरेको छ । जसले गर्दा आगामी निर्वाचनमा लोसपा सत्ता गठबन्धनसँग नजिकने र एमालेसँग टाढा हुने सम्भावना थप बढेको देखिन्छ । सत्ता गठबन्धनको पनि आगामी चुनावी रणनीतिका सम्बन्धमा मंगलबार पनि बैठक बस्यो । गठबन्धनको निरन्तर बस्दै आएको कार्यदलको बैठक बुधबार दिउँसो पुनः बस्नेछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु त्यसको तयारीका लागि आ–आफ्नै रणनीतिमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group